स्वाभिमान लघुवित्तको कारोबार खुला, कति तोकियो सुरुवाती रेन्ज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 08:34:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा स्वाभिमान लघुवित्तको कारोबार खुला भएको छ । कम्पनीको SMFBS संकेतबाट कारोबार सुरु भएको हो । कम्पनीको सुरुवाती कारोबारको लागि नेप्सेले ९१.८४ देखि २७५.५२ सम्मको रेन्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ ।

 अब नेप्सेले तोकेको प्रि ओपन सेसन अर्थात ११ बजे भन्दा पहिले नै  पहिलो कारोबार भएर मूल्य तोकिएपछि ११ बजेपछि कम्पनीको शेयरको नियमित कारोबार हुनेछ  । यदि प्रि ओपन सेसनमा कारोबार नभएर मूल्य कायम नभएमा अर्को दिन पुन प्रि ओपन सेसनमा शेयरको कारोबार गर्नु पर्ने छ  ।

 सोमबार कम्पनीको  ६ लाख १८ हजार ६ सय १०  कित्ता आईपिओ सुचिकृत भएको थियो ।  आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी ६ करोड १८ लाख पुगेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved