यस्तो छ नेप्सेको अनलाइन प्रणाली र वेबसाइटमा फरक फरक डाटा देखिनुको कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 12:58:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले वेबसाइटमा डाटा डिस्प्लेमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ । लगानीकर्ताले नेप्सेको वेबसाइट र पछिल्लो समय प्रयोग हुदै आएको अनलाइन सिस्टम टिएमएसमा फरक फरक डाटा देखिएको गुनासो गरेपछि नेप्सेले यसमा कुनै समस्या नरहेको स्पष्ट पारको हो ।

नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले टिएमएसमा अन्तराष्ट्रिय अभ्यास अनुसार रियल टाइम डाटा देखिने तर वेबसाइटमा एक मिनेट ढिलो डाटा डिस्प्ले हुने गरेको बताए । यहि कारण कुनै एक समय बिन्दु अर्थात् point of time मा टिएमएसमा देखिने डाटा र वेबसाइटमा देखिने डाटा १ मिनेटको लागि फरक पर्न सक्ने प्रबक्ता पराजुलीले बताए । यसलाई प्राविधिक समस्याको रुपमा नबुझिदिन समेत नेप्सेले आग्रह गरेको छ ।

नेप्सेले कतिपय देशमा यो डाटा १५ मिनेटको फरकमा वेबसाइटमा प्रदान हुने समेत बताएको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved