सिद्धार्थ र लक्ष्मी बैंकले मागे ऋणपत्र निष्काशनको अनुमति, कसको ब्याज बढी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2019 | 03:03:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक र लक्ष्मी बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सिद्धार्थले जेठ २० मा र लक्ष्मीले जेठ २१ मा आवेदन दिएका हुन् 

सिद्धार्थले २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । जस मध्ये १० लाख कित्ता सर्वसाधारणलाई र बाँकि १५ लाख कित्ता प्राइभेट प्लेसमेन्ट अर्थात् व्यक्तिगत तवरले बिक्रि हुनेछ  ७ बर्षे अवधिको यस ऋणपत्रमा बार्षिक १०.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

त्यस्तै लक्ष्मीले २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । जस मध्ये १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकि ८ लाख कित्ता प्राइभेट प्लेसमेन्ट अर्थात् व्यक्तिगत तवरले बिक्रि हुनेछ  १० बर्षे अवधिको यस ऋणपत्रमा बार्षिक १० प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved