Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jun 12, 2019 | 08:48:17 AM



shivam cement

नेपाल स्टक एक्चेन्ज नेप्सेमा युनियन हाइड्रोको कारोबार खुला भएको छ। कम्पनीको UNHPL संकेत नम्बरबाट कारोबार खुला भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ७९.८२ देखि २३९.४७ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेट वर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ।  

अब नेप्सेले तोकेको प्रि ओपन सेसन अर्थात ११ बजे भन्दा पहिले नै  पहिलो कारोबार भएर मूल्य तोकिएपछि ११ बजेपछि कम्पनीको शेयरको नियमित कारोबार हुनेछ  । यदि प्रि ओपन सेसनमा कारोबार नभएर मूल्य कायम नभएमा अर्को दिन पुन प्रि ओपन सेसनमा शेयरको कारोबार गर्नु पर्ने छ  । 

मंगलबार कम्पनीको ७५ लाख कित्ता शेयर सुचिकृत भएको थियो । कम्पनीले  चैत्र १३ गते देखि सर्वसाधारणको लागि ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7