इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, कति पाइन्छ ब्याज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 06:42:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज जेठ ३० गते अन्तिम दिन रहेको छ । बैंकले जेठ २४ गतेदेखि प्रतिऋणपत्र एक हजार रुपैयाँका दरले २ अर्ब बराबरको  २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

बैंकले २० लाख कित्तामध्ये ८ लाख कित्ता सर्वसाधरणका लागि निष्काशन गरेको हो। जस मध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन  । संस्थागत लगानीकर्ताहरुले प्राइभेट प्लेसमेन्ट मार्फत अधिकतम हद लागू नहुने गरी आवेदन दिन सक्नेछन । ऋणपत्र निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । 

यस ऋणपत्रमा बैंकले १०.५० प्रतिशतका दरले प्रत्येक ६—६ महिनामा ब्याजको भुक्तानी गर्ने छ ।   “नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८२” नाम दिइएको यस ऋणपत्रको अवधि सात बर्ष रहेको छ ।  सो ऋणपत्रलाई एनआईबिएल बाहेक अन्य बैंकमा कर्जा सुरक्षण अथवा धितो स्वरुप ऋण प्रयोजनको लागि योग्य मानिने र  नेप्सेमा पनि यसको कारोबार हुने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved