अनलाइनको आईडी पासवर्ड बितरणमा ५७ नम्बर ब्रोकर आक्रमक, ४० नम्बर सुस्त (सुचिसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2019 | 10:02:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले हालसम्म करिब ९ हजार लगानीकर्ताले अनलाइन ट्रेडिङको लागि युजर नेम र पासवर्ड लिएको जनाएको छ । नेप्सेले आज जेठ ३१ सम्ममा कुल ८ हजार ९ सय ४४ जनाले आईडी पासवर्ड लिएको जनाएको हो 

लगानीकर्ताले आफुले कारोबार गर्ने ब्रोकरमा गएर आईडी र पासवर्ड लिन सक्ने छन् । सबै ब्रोकरले आईडी पासवर्ड वितरण गरिरहेको नेप्सेले जनाएको छ 

जस अनुसार  ब्रोकर नम्बर ५७ ले सबै भन्दा धेरै आईडी पासवर्ड वितरण गरेको छ । ५७ नम्बर ब्रोकरले हालसम्म ९ सय ५४ जनालाई आईडी पासवर्ड बितरण गरेको छ । सबै बह्न्दा कम आइडी पासवर्ड भने ब्रोकर नम्बर ४० ले वितरण गरेको छ । ब्रोकर नम्बर ४० ले जम्मा ६ जनालाई मात्र आईडी पासवर्ड बितरण गरेको छ ।

नेप्सेले कुनै पनि ब्रोकरले सहज रुपमा आईडी पासवर्ड नदिए उजुरी गर्न समेत लगानीकर्ताहरुलाई आग्रह गरेको छ। ब्रोकरसंग गरिनु पर्ने तोकिएको सम्झौता पुरा गरी आइडी पासवर्ड लिन नेप्सेले आग्रह गरेको छ । साथै नेप्सेले आइडी र पासवर्ड लिंदा कुनै शुल्क नलाग्ने  समेत स्पष्ट पारेको छ  । 

हेर्नुस हालसम्म कुन ब्रोकर मार्फत कतिले लिए आईडी पासवर्ड ? 






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved