पारीत भएको भन्दा बढी बोनस शेयर खातामा पठाईदिने यो बैंक चिन्नुस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 16, 2019 | 08:05:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्यूनिटी डेलभपमेन्ट बैंक Nepal Community Development Bank Limited का लगानीकर्ताले साधारणसभाले पारित गरे भन्दा बढी बोनस शेयर पाएका छन। बैंकको पुस ३० गते सोमबार सम्पन्न साधारणसभाले शेयरधनीहरुलाई चुक्ता पुँजीको ६.४२ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

तर बैंकका  लगानीकर्ताले ६.४२ प्रतिशत नगद लाभांशको साथ साथ ६ प्रतिशत कै दरले बोनस शेयर पाएका छन् । लगानीकर्ताले आफ्नो डिम्याट खातामा आउनु पर्ने भन्दा बढी शेयर पाएका हुन् । १ प्रतिशतको दरले बोनस पाउनु पर्नेमा लगानीकर्ताले ६ प्रतिशत कै दरले बोनस शेयर पाएका हुन् ।

बढी शेयर आएपछि लगानीकर्ता अलमलमा परेका छन् । केहिले सामाजिक संजालमा कम्पनीले मालामाल बनाएको भन्दै टिप्पणी समेत गरेका छन् । हाल कम्पनी मर्जमा जाने भएकोले कम्पनीको कारोबार भने रोक्का छ । तर कम्पनीको कारोबार खुला नै रहेको भए र लगानीकर्ताले सो शेयर बेचेको भए कानुनी तथा  प्राविधिक समस्या आउँन सक्ने विज्ञहरु बताउछन् ।

कम्पनीको नगद लाभांश वितरण गर्दा कम्पनीको आरटिएस एनआईबिएल एस क्यापिटल रहेको थियो भने बोनस वितरण गर्दा ग्लोबल आईएमई  क्यापिटल आरटिएस थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved