बिजपाटी समाचार प्रभाव: लगानीकर्ताको खातामा गएको बढी शेयर फिर्ता तानिदै, ग्लोबललाई पेनाल्टी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 16, 2019 | 03:10:03 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानीकर्ताको खातामा गएको बढी शेयर फिर्ता तानिने भएको छ  । लगानीकर्ताको खातामा गएको नेपाल कम्यूनिटी डेलभपमेन्ट बैंक Nepal Community Development Bank Limited को बढी शेयर फिर्ता तानिने भएको हो  । बैंकको आरटीएस ग्लोबल आईएमई क्यापिटलले सोमबार शेयर फिर्ता  तान्ने भएको हो  । 

बिजपाटी डटकमले क्यापिटलले पठाउनु पर्नेभन्दा धेरै बोनस शेयर खातामा पठाएको समाचार प्रकाशन गरेको थियो । बिजपाटीले आइतबार बिहान 'पारीत भएको भन्दा बढी बोनस शेयर खातामा पठाईदिने यो बैंक चिन्नुस' शिर्षकमा यस सम्बन्धि समाचार प्रकाशन गरेको थियो । 

क्यापिटलले लगानीकर्ताको खातामा साधारणसभाले पारित गरेभन्दा बढी शेयर पठाएको थियो  । बैंकको पुस ३० गते सोमबार सम्पन्न साधारणसभाले शेयरधनीहरुलाई चुक्ता पुँजीको ६.४२ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । तर बैंकका  लगानीकर्ताले आफ्नो खातामा ६.४२ प्रतिशत नगद लाभांशको साथ साथ ६ प्रतिशत कै दरले बोनस शेयर पाएका थिए । १ प्रतिशतको दरले बोनस पाउनु पर्नेमा लगानीकर्ताले ६ प्रतिशत कै दरले बोनस शेयर पाएका हुन् ।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारस ढकालले सोमबार मध्यान्हसम्म शेयर फिर्ता लिईने बताएका हुन्   । रिभर्स प्रोसेस मार्फत शेयर फिर्ता गर्नु पर्ने भएकोले आज सम्भव नभएको उनले बताए  । सिडीएससंग समन्वय गरेर सोमबार मध्यान्हसम्म शेयर फिर्ता हुने उनले जानकारी दिए  । सबै लगानीकर्ताको खाताबाट एक साथ बढी भएको शेयर फिर्ता हुने छ  । 

रिभर्स प्रोसेस अनुसार शेयर फिर्ता तान्दा क्यापिटलले पेनाल्टी तिर्नु पर्ने सिडीएसले जनाएको छ ।  उता धितोपत्र बोर्डले पनि यस बिषयमा अनुसन्धान गरेर आवश्यक कदम लिने बताएको छ ।  

आफ्नो खातामा बढी शेयर आएपछि लगानीकर्ता अलमलमा परेका थिए । केहिले सामाजिक संजालमा कम्पनीले मालामाल बनाएको भन्दै टिप्पणी समेत गरेका थिए । हाल कम्पनी मर्जमा जाने भएकोले कम्पनीको कारोबार भने रोक्का छ । तर कम्पनीको कारोबार खुला नै रहेको भए र लगानीकर्ताले सो शेयर बेचेको भए कानुनी तथा  प्राविधिक समस्या आउँन सक्ने विज्ञहरु बताउछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved