बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




बिजपाटी सम्बाददाता     Jun 18, 2019 | 04:29:48 PM



नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवत बहादुर कार्कीले आईपिओ निष्काशनमा बुक बिल्डिङ प्रक्रिया सबै कम्पनीलाई नभएको स्पष्ट पारेका हुन । बोर्डले मंगलबार आयोजना गरेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा संकलन कार्यक्रममा बोल्दै डा कार्कीले बुक बिल्डिङ प्रक्रिया सबै कम्पनीको लागि नभएको बताएका हुन 

 उनले यो प्रक्रिया बिशेषगरी संचालन मै रहेका रियल सेक्टर अर्थात् उत्पादनमुलक कम्पनीको लागि भएको बताएका हुन् । पुंजीबजारमा रियल सेक्टरलाई आकर्षित गर्नको लागि अन्तराष्ट्रिय अभ्यास अनुरुप नै यस्तो ब्यबस्था गर्न लागिएको बताए । यो अध्ययन कै क्रममा रहेकोले यसको मोडालिटी भने तयार भई नसकेको उनले जानकारी दिए ।

यद्यपि उनले आईपिओ निष्काशनमा आगामी आर्थिक बर्षदेखि यो प्रक्रिया सुरु गर्ने तयारी रहेको बताए । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7