पत्रकारलाई शेयरबजारमा लगानी गर्न नदिन धितोपत्र बोर्डलाई सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2019 | 04:54:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सरोकारवालाहरुले शेयरबजार सम्बन्धि समाचार लेख्ने आर्थिक पत्रकारहरुको लागि आचार संहिता ल्याउन धितोपत्र बोर्डलाई सुझाव दिएका छन् । धितोपत्र बोर्डले मंगलबार आयोजना गरेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा संकलन कार्यक्रममा अधिबक्ता अमृत खरेलले आचार संहिता ल्याउन सुझाव दिएका हुन् 

अधिवक्ता खरेलले पत्रकारले नै कम्पनीको बजार मूल्यलाई असर गर्ने सूचना ल्याउने र आफैले इन्साइडर ट्रेडिङ गर्यो भनेर समाचार लेख्ने परिपाटी रहेको दाबी गरे । यस्तो हास्यास्पद काम बिश्वमा अन्त कतै नहुने बताउदै उनले पत्रकारको लागि आचार संहिता ल्याउन बोर्डलाई सुझाव दिएका हुन् ।

त्यस्तै शेयर विश्लेषक हेमत बस्यालले बोर्ड आफैले पत्रकारहरुलाई नियम गर्न नसक्ने भएकोले प्रेस काउन्सिलसंग समन्वय गरेर आचार संहिता ल्याउन सुझाव दिए । 

सरस्वती क्याम्पसका प्राध्यापक केवी पाण्डेले पत्रकारहरुले नै सूचना चुहाउने गरेकोले  उनीहरुलाई दोस्रो बजारमा लगानी गर्न नै रोक लगाउनु पर्ने बताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved