अपर तामाकोशीमा अयोग्य व्यक्ति संचालक बन्ने प्रयास

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 19, 2019 | 11:03:05 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशीको निवार्चन अधिकृतको कार्यालयले संचालकका उम्मेदवार बिरुद्द आएको उजुरी दर्ता गर्न अस्विकार गरेको छ । कार्यालयले पब्लिक संचालकको अन्तिम सुची मंगलबार सार्वजनिक गरी बुधबार १० बजे देखि १२ बजेसम्म उजुरीको लागि आह्वान गरेको थियो 

तोकिएको समयमा एउटा मात्र उजुरी आएको सहायक निर्वाचन अधिकृत संजिव लामाले बताएका छन् । तर अर्का एक उम्मेदवारले आफुले दिएको उजुरी निर्वाचन अधिकृतले दर्ता नगरेको गुनासो गरेका छन् । ति उम्मेदवारले शुशील पोखरेल बिरुद्द उजुरी दिएको तर कार्यालयले दर्ता नगरेको गुनासो गरेका हुन् । उजुरी गर्न खोज्नेले आफ्नो नाम भने गोप्य राखिदिन बिजपाटीलाई आग्रह गरेका छन् 

पोखरेल सेवा हाइड्रोपावर लिमिटेड' नामक समान प्रकृतिको अर्को पब्लिक कम्पनीमा संचालक रहेको उनको दाबी छ । कम्पनी ऐन २०६३ को परिच्छेद ८९ दफा १(छ) मा 'समान उद्देश्य भएको अर्को कुनै कम्पनीको सञ्चालक, आधारभूत शेयरधनी, कर्मचारी, लेखापरीक्षक वा सल्लाहकार पदमा बहाल रहेको वा त्यस्तो कम्पनीमा कुनै पनि प्रकारको निजी स्वार्थ भएको' व्यक्ति संचालक हुन् नपाउने कानुनी व्यवस्था छ |

यस बिषयमा सहायक निर्वाचन अधिकृत लामाले निर्वाचन निर्देशिकामा उजुरीको लागि प्रमाण सहित निवेदन दिनु पर्ने प्रष्ट ब्यबस्था रहेकोले प्रमाण बिना आएकोले उजुरी दर्ता गर्न नसकिएको बताए | उनले प्रमाण सहित आएको माधव कोइराला बिरुद्द परेको उजुरी भने दर्ता गरेको बताए |

उम्मेदवार बन्नको लागि १३ जनाले आवेदन दिएका छन् | उम्मेदवारको अन्तिम सुची आज नै बेलुका ५ बजे प्रकशित हुने छ |

यस्ता छन् १३ उम्मेदवार : 






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved