नयाँ ब्रोकर लाइसेन्सको लागि सिफारिस गर्न नेप्सेलाई निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 08:11:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्ड (सेबोंन) ले नयाँ ब्रोकर लाइसेन्सको लागि सिफारिस गर्न निर्देशन दिएको छ। संघीय संरचनाअनुसार धितोपत्र दलाल व्यवसायीको अनुमतिका लागि सिफारिस गर्न नेप्सेलाई निर्देशन दिएको बोर्डले जनाएको छ। 

राजधानीमा आयोजित आर्थिक पत्रकारको लागि 'आर्थिक तथा धितोपत्र बजारसम्बन्धी प्रशिक्षण तथा अन्तरकृया' कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै बोर्डका बरिष्ट कार्यकारी निर्देशक परिष्ठानाथ पौड्यालले बिभिन्न प्रदेशहरुमा आर्थीक रुपमा सक्रिय जिल्ला तथा स्थानहरुमा ब्रोकर लाइसेन्सको अनुमतिका लागि सिफारिस गर्न नेप्सेलाई निर्देशन दिएको जानकारी दिएका छन। 

उनकाअनुसार काठमाण्डौ उपत्यका बाहेकका स्थानहरुमा दोस्रो बजारको पहुँच पुर्याउन नयाँ ब्रोकर लाइसेन्सको अनुमतिका लागि सिफारिस गर्न निर्देशन दिइएको हो। 

बैंकलाई ब्रोकर लाइसेन्स दिनलाई यो निर्देशन ल्याइएको हो भन्ने बिजपाटीका सम्बाददाताको जिज्ञासामा देश संघिय प्रणालीमा गईसकेकाले सेयरको दोस्रो बजारलाई पनि संघीय संरचनामा लैजान यस्तो निर्देशन दिइएको पौड्यालले बताएका छन। 

बाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको अनुमतिका लागि सिफारिस गर्न समेत निर्देशन दिईएको पौड्यालले स्पष्ट पारेका छन। हाल केहि सिमित स्थानहरुका लगानीकर्तामा मात्रै सेयरको दोस्रो बजारको पहुँच भएकाले मुलुकका आर्थिक रुपमा सकृय स्थानमा पनि पहुँच पुर्याउन यस्तो निर्देशन दिइएको पौड्यालले बताए। 'प्राथमिक बजारको पहुँच ७७ वटै जिल्लामा पुगिसकेको छ, देशका करिब २५००० भन्दा बढी स्थानहरुबाट आइपीओ एफपीओ जस्ता सार्वजनिक निष्काशनमा आबेदन दिने सुविधा पुगेको छ' पौड्यालले भने, 'कम्तिमा देशका प्रमुख स्थानमा पनि दोस्रो बजारको पहुँच हुनुपर्छ भनेर नै नयाँ ब्रोकर लाइसेन्सको अनुमतिका लागि सिफारिस गर्न बोर्डले निर्देशन दिएको हो।'  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved