हकप्रद निष्काशनमा नयाँ व्यबस्था लागु गर्दै बोर्ड, लिलामी अन्त्य हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 11:36:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले हालको विद्यमान हकप्रद निष्काशन प्रक्रिया परिमार्जन गर्ने भएको छ । बोर्डले 'धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३' संशोधन गर्दै हकप्रद शेयर निष्काशन प्रक्रिया परिमार्जन गर्ने भएको हो। बोर्डले नियमावली संशोधन गर्नका लागि अर्थमन्त्रालयमा पठाएको छ। 

नयाँ ब्यबस्था अनुसार कम्पनीहरूले निष्कासन गरेको हकप्रदमा साबिक शेयरधीले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने छन् । बिक्रि नभएको  हकप्रद शेयर विद्यमान शेयरधनीलाइ नै बाँडफाँड गर्ने गरी बोर्डले नयाँ ब्यबस्था गर्न लागेको हो।

अहिले लगानीकर्ताले आफ्नो हक जति हो त्यति मात्र आवेदन दिन पाउछन् । तर अब उनीहरुले हक भन्दा बढी शेयर लागि पनि आवेदन दिन पाउने भएका हुन् ।

उदाहरणको लागि कुनै कम्पनीले १० प्रतिशत हकप्रद शेयर निष्काशन गर्यो । हालको ब्यबस्थामा १० कित्ता शेयर हुनेले १ कित्ताको लागि आवेदन दिन पाउछन् । तर प्रस्तावित नयाँ ब्यबस्थामा लगानीकर्ताले १ भन्दा बढी कित्ताको लागि पनि आवेदन दिन पाउछन् । शेयर बाँडफांड गर्ने क्रममा पहिले हक अनुसार नै शेयर बाँडफांड गरिन्छ ।

हकप्रदमा सबै लगानीकर्ताले आवेदन नदिने हुँदा हक अनुसार शेयर बाँडफांड गरेपछि केहि शेयर बाँकि रहन्छ । अब बाँकि रहेको शेयर साविकको लगानीकर्ताले माग गरे बमोजिम बाँडफांड हुन्छ । यसको मोडालिटी कस्तो हुन्छ भन्ने बारे बोर्डले केहि खुलाएको छैन । यद्यपि हक अनुसार बिक्रि नभएको शेयर साविक कै लगानीकर्ताले माग गरे बमोजिम समानुपातिक प्रणालीमा बाँडफांड हुने आंकलन गरिएको छ । 

यो ब्यबस्था लागु भए संगै बिक्रि नभएको हकप्रद लिलामी गर्नु पर्ने अवस्थाको अन्त्य हुने छ । तर साविकका लगानीकर्ताले बढी आवेदन नदिए लिलाम गर्नु पर्ने हुन सक्छ। अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएसंगै यसलाई कार्यन्वयनमा लैजाने बोर्डको तयारी छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved