'व्यवस्थित गर्न खोजिएको मात्रै हो, शंकास्पद कारोबारबारे बोर्डको निर्देशन नौलो होइन'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 24, 2019 | 09:39:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले सेयरको दोस्रो बजारमा हुने शंकास्पद कारोबारको विवरण तयार पार्न सेयर ब्रोकरहरुलाई निर्देशन दिएको बिषयले बजारमा तरंग ल्याएको छ। तर अहिलेसम्म पनि दश लाख रुपैयाँ भन्दा माथिको कारोबारको विवरण पठाउँदै आएकाले यो बिषय नौलो नभएको ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले बताएका छन। 

'निर्देशन आउनुअघि पनि हामीहरुले १० लाख रुपैयाँभन्दा माथिको सम्पुर्ण कारोबारको विवरण पठाउँदै आएका थियौं' उनले भने, 'यहि कुरा अब व्यवस्थित रुपले गर्न खोजिएको मात्र हो, बिषय नौलो होइन।'

सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशनका आधारमा ब्रोकरले दिएको निर्देशनलाई नौलो र नयाँ बिषय झैं गरि बजारमा चर्चा गरिएकाले लगानीकर्ता 'प्यानिक' भएको भन्दै रानाभाटले आफुहरुले पहिले नै गर्दै आएको काम अब व्यवस्थित रुपले गर्नलाई निर्देशन भएको मात्र बताए।

'पहिले पनि लगानीकर्तालाई केवाईसी फर्म भराएकै हो, अहिले त्यसलाई व्यवस्थित रुपले गर्ने निर्देशन भएको हो' रानाभाटले भने, 'यस्तै रुपले पहिले पनि दश लाख रुपैयाँ भन्दा माथिको कारोबारको विवरण पठाएकै हो, अहिले थप व्यवस्थित गर्न खोजिएको मात्र हो, निर्देशन नयाँ भएपनि बिषय नयाँ होइन।'   

निर्देशनमा शंकास्पद कारोबारको विवरण तयार पार्न निर्देशन दिईएपनि कस्ता कारोबारलाई शंकास्पद मान्ने भन्ने बिषयमा अहिलेपनि छलफल भईरहेको रानाभाटले बताए। 'पहिले नै हामीले यस सम्बन्धि कार्यविधि पठाईसकेका छौँ, शंकास्पद कारोबारलाई कसरी चिन्ने भन्ने विषयमा अहिलेपनि छलफल जारि छ' उनले भने।

ब्रोकरले १० लाख माथिको कारोबार नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइलाई बुझाउँदै आएका थिए। बोर्डको पछिल्लो निर्देशनअनुसार ब्रोकरले अबदेखि कुनै कारोबार शंकास्पद लागेमा त्यसलाई रिपोर्टिङ गर्नु पर्ने हुन्छ। कारोबारमा कुनै शंका लागेमा ब्रोकरले शंकास्पद कारोबारको रुपमा त्यसलाई टिपोट गर्नुपर्नेहुन्छ, यसलाई 'सस्पिसिएस ट्रान्जेक्सन रिपोर्ट 'एसटिआर' भनिन्छ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved