सिटिजनको म्युचल फण्डमा ५५ करोड ९९ लाख बढीको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 12:34:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सिबिआइएल क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोषको इकाईमा ५५ करोड ९९ लाख बढीको आवेदन परेको छ । कम्पनीले जेठ ९ देखि असार ८ गतेसम्म निष्काशन गरेको सामुहिक लगानी कोषको इकाईमा  कुल ५५ करोड ९९ लाख ५५ हजार ३ सय रुपैयाँको आवेदन परेको बिक्रि प्रबन्धक सीबिआईएल क्यापिटलले जनाएको छ 

सिटिजन्स बैंक Citizens Bank International Limited  कोष प्रवर्द्धक र क्यापिटल योजना ब्यबस्थापक रहेको सिटिजन्स म्युचल फण्ड २ अन्तर्गतका इकाईहरु सर्वसाधारणलाई निष्काशन भएका हुन्   । यो योजना सिटिजन्स मुयुचल फण्ड अन्तर्गत संचालन हुने छ  ।

यस योजना अन्तर्गत क्यापिटलले १ अर्ब बराबरको प्रति इकाई १० रुपैयाँ अंकित १० करोड इकाई निष्काशन गरेको हो  । जस मध्ये १ करोड ५० लाख इकाई सिटिजन्स बैंकको लागि छुट्याइएको छ भने बाँकि रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिएका हुन  ।

 कम्पनीको यो योजना ७ बर्षे बन्दमुखी योजना हो  । 

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved