धितोपत्र बोर्डले भन्यो ' यी २९ संस्था बाहेक अन्य मार्फत गरिएको लगानी जोखिममा '

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 03:03:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले अनुमतिपत्र प्राप्त संस्थाबाट मात्र लगानी व्यवस्थापनको काम गर्न गराउन निर्देशन दिएको छ । वोर्डवाट अनुमतिपत्र प्राप्त नगरी लगानी व्यवस्थापन गर्ने कार्य गैरकानुनी भएकोले अनुमतिपत्र लिएर मात्र लगानी व्यवस्थापनसम्वन्धी कार्य गर्न सम्वन्धित सवैलाई बोर्डले सूचित गरेको हो।

धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ५६ को उपदफा (१) मा धितोपत्र व्यवसाय गर्न चाहने कम्पनी वा संस्थाले बोर्डबाट धितोपत्र व्यवसाय संचालन गर्ने अनुमतिपत्र लिनु पर्ने र  उपदफा (२) मा कसैले पनि ऐन बमोजिम बोर्डबाट धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त नगरी धितोपत्र व्यवसाय गर्न पाउने छैन भन्ने स्पष्ट व्यवस्था छ  । 

कतिपय संस्थाहरुले अनुमति बिना नै लगानी व्यवस्थापनको कार्य गरेको भन्ने गुनासो प्राप्त भएकोले बोर्डले यस्तो निर्देशन जारि गरेको हो ।  अनुमतिपत्र प्राप्त नगरेका संस्थामार्फत लगानी गर्दा लगानीकर्ताहरुको लगानी जोखिममा पर्न सक्ने हुनाले लगानी व्यवस्थापन सम्वन्धी कार्य गर्दा उक्त संस्थाले वोर्डवाट अनुमतिपत्र प्राप्त गरेको यकिन गरेर मात्र उक्त सेवा लिन समेत बोर्डले आग्रह गरेको छ ।

हाल बोर्डबाट २९ संस्थाले लगानी ब्यबस्थापनको लागि अनुमति पत्र लिएका छन् । यी बाहेक अन्य कुनै संस्थाबाट पनि लगानी व्यवस्थापनको कार्य नगर वोर्डले आग्रह गरेको हो । 

यस्ता छन् अनुमति प्राप्त २९ संस्था  । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved