प्रिमियर इन्स्योरेन्सको साधारणसभा तय, घोषणा गरे भन्दा बढी बोनस दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2019 | 07:09:32 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्स Premier Insurance Company Limited ले साधारणसभा आह्वान गरेको छ   । कम्पनीले असार ३१ गतेको लागि साधारणसभा आह्वान गरेको हो   । कम्पनीको साधारणसभा बिहान १० बजे काठमाडौँको नक्साल स्थिति नक्साल ब्याङक्वेटमा बस्ने छ   । 

साधारणसभाको सूचनामा कम्पनीले घोषणा गरे भन्दा बढी बोनस दिने प्रस्ताव लैजाने उल्लेख गरेको छ । कम्पनीले यस अघि लगानीकर्तालाई गत आर्थिक बर्षको मुनाफाबाट ७९.६९ प्रतिशत बोनस शेयर र ४.२० प्रतिशत नगद लाभांश गरी कुल ८३.९९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।  तर साधारणसभाको सूचनामा कम्पनीले ८४ प्रतिशत नै बोनस वितरण गर्ने त्यसमा लाग्ने कर लगानीकर्ता स्वयंले बेहोर्नु पर्ने उल्लेख गरेको छ  ।  

हाल कम्पनीको चुक्ता करोड ५८ करोड ४० लाख रहेको छ  । 

कम्पनीले निर्जीवन व्यवसाय गर्ने उपयुक्त कम्पनीसंग गाम्भ्ने , गाभिने र प्राप्ति गर्ने प्रयोजनको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा लैज्नाने भएको छ ।  

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार २० गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। असार १९ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन कम्पनीको लाभांश प्राप्त गर्ने सक्ने छन् 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved