लगानीकर्ताले ब्रोकरबाटै कर्जा पाउने, ६ वटाले पाए अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 09:20:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ब्रोकरहरुलाई मार्जिन कारोबारको अनुमति दिने भएको छ । नेप्सेले बिहिबार दिउँसो एक कार्यक्रमको आयोजना गरेर राष्ट्र बैंकले अनुमति दिएका ब्रोकरलाई औपचारिक रुपमा प्रमाणपत्र दिन लागेको हो ।

नेप्सेले पहिलो चरणमा राष्ट्र बैंकले अनुमति दिईसकेकालाई प्रमाणपत्र दिन लागेको हो । जस अनुसार बिहिबार ६ वटा ब्रोकरले कारोबारको लागि अनुमति पाउने छन् ।  नेप्सेले क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (ब्रोकर नम्बर ५०), भिजन सेक्युरिटिज (ब्रोकर नम्बर ३४), सेक्युर्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३६), श्रीकृष्ण सेक्युरिटिज (ब्रोकर नम्बर २८), प्राइम सेक्युरिटिज (ब्रोकर नम्बर १६) र नेपाल स्टक हाउस (ब्रोकर नम्बर १४) लाई बिहिबार अनुमति प्रदान गर्न लागेको हो ।

राष्ट्र बैंकले थप ५ वटा ब्रोकरलाई पनि मार्जिन कारोबारको अनुमति दिएको छ । राष्ट्र बैंकले कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३५),  दिव्या सेक्युरिटिज (ब्रोकर नम्बर ५९), आर्यतारा सेक्युरिटिज (ब्रोकर नम्बर ५७), दीपशिखा धितोपत्र कारोबार (ब्रोकर नम्बर ३८) र दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३३) लाई पनि अनुमति दिएको छ ।

तर नेप्सेले भने हाललाई ६ वटा कम्पनीलाई मात्र अनुमति दिएर अन्यलाई क्रमश अनुमति प्रदान गर्ने जनाएको छ । ब्रोकरले मार्जिन कारोबारको अनुमति पाएपछि लगानीकर्ताले ब्रोकर मार्फत नै ऋण पाउनेछन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved