सेयर बजारका लगानीकर्ताले ब्रोकरबाटै ऋण पाउने, ८ ले पाए अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 01:26:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ब्रोकरहरुलाई मार्जिन कारोबारको अनुमति दिएको छ । नेप्सेले बिहिबार दिउँसो एक कार्यक्रमको आयोजना गरेर ब्रोकरलाई औपचारिक रुपमा अनुमति दिइएको प्रमाणपत्र प्रदान गरेको हो । 

नेप्सेले पहिलो चरणमा राष्ट्र बैंकले अनुमति दिईसकेकालाई प्रमाणपत्र दिएको हो । जस अनुसार बिहिबार ८ वटा ब्रोकरले कारोबारको लागि अनुमति पाएका छन् ।  नेप्सेले क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (ब्रोकर नम्बर ५०), भिजन सेक्युरिटिज (ब्रोकर नम्बर ३४), सेक्युर्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३६), श्रीकृष्ण सेक्युरिटिज (ब्रोकर नम्बर २८), प्राइम सेक्युरिटिज (ब्रोकर नम्बर १६), नेपाल स्टक हाउस (ब्रोकर नम्बर १४), दीपशिखा सेक्युरिटी (३८) र  कोहिनुर सेक्लायुरिटी (३५) लाई अनुमतिपत्र प्रदान गरेको हो ।

राष्ट्र बैंकले थप ३ वटा ब्रोकरलाई पनि मार्जिन कारोबारको अनुमति दिएको छ । राष्ट्र बैंकले दिव्या सेक्युरिटिज (ब्रोकर नम्बर ५९), आर्यतारा सेक्युरिटिज (ब्रोकर नम्बर ५७) र दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३३) लाई पनि अनुमति दिएको छ ।

तर नेप्सेले भने हाललाई ८  वटा कम्पनीलाई मात्र अनुमति दिएर अन्यलाई क्रमश अनुमति प्रदान गर्ने जनाएको छ । ब्रोकरले मार्जिन कारोबारको अनुमति पाएपछि लगानीकर्ताले ब्रोकर मार्फत नै ऋण पाउनेछन ।

ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाटले यो कदमले सेयर बजारमा एउटा इटा थपिएको बताउँदै अब बजारमा सय करोडको लगानी थपिने विश्वास व्यक्त गरे । नयाँ आर्थिक अगावै मार्जिन कारोबार सुरु गरिने उनले बताए । 

त्यसैगरी नेप्सेका निर्देशक निरञ्जय फुयाँलले विगतमा सेयर धितोकर्जालाई नै मार्जिन कारोबार भन्ने गरिएपनि बास्तविक मार्जिन कारोबार भने अब सुरु भएको बताए । मार्जिन कारोबारको सुरुवातसँगै बजारले थप गति लिने उनको विश्वास छ ।

नेप्सेका सिइओ चन्द्रसिंह साउदले अन्य ब्रोकरलाई पनि मार्जिन कारोबारमा सहभागीता जनाउन आग्रह गर्दै आफू नेप्सेको नेतृत्व लिएसँगै बजारमा ठूलो परिवर्तन भएको दाबी गरे । उनले अहिले लगानीकर्ताका लागि अवसर नै अवसर सिर्जना भएको बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved