धितोपत्र बोर्डद्वारा रजत जयन्ति स्मारिका सिक्का लोकार्पण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 11:58:32 AM मा प्रकाशित

laxmi  sunrise bank

पुँजी बजारको नियामक ‘नेपाल धितोपत्र बोर्ड’ले रजत जयन्ति स्मारिका सिक्का सार्वजनिक गरेको छ । काठमाडौँमा पत्रकार सम्मेलन गरी बोर्डले सिक्का सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले सिक्काको लोकार्पण गरेका हुन् । 

नेपाल सरकारको स्वीकृतिमा नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले निस्कासन गरेको स्मारिका बोर्डले लोकार्पण गरेको हो । २९ मि.मि. डायमिटर को ८.५ ग्राम तौल रहेको कुप्रो निकेल धातुको १०० दरको सिक्का लोकार्पण गरेको हो । बोर्डको रजत जयन्तिको उपलक्ष्यमा १०० दरको सिक्का समेत निष्कासन गर्ने जनाएको छ । 

यसको साथै २५०० को सिक्का पनि निकट भबिष्यमा निकाल्ने बोर्डले जनाएको छ । बोर्डले यसअघि नै हुलाक टिकट तथा रजत जयन्ति हुलाक टिकट सार्वजनिक गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved