पूँजीबजार सम्बन्धमा नेपालमै पहिलो पटक अन्तराष्ट्रिय सम्मेलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 11:41:13 AM मा प्रकाशित

laxmi  sunrise bank

पूँजीबजारलाई लिएर नेपालमै पहिलो पटक अन्तराष्ट्रिय वित्तीय साक्षरता सम्मेलन हुने भएको छ। पूँजीबजार नियामक नेपाल धितोपत्र (सेबोन) र अर्गनाइजेसन फर इकोनोमिक कोअपरेशन एन्ड डेभलपमेन्ट (ओईसीडी) अन्तर्गतको इन्टरनेशनल नेटवर्क अन फाइनान्सियल एजुकेशन (आईएनएफई) को संयुक्त आयोजनामा यहि असार १७ र १८ गते काठमाण्डौमा सम्मेलन हुन लागेको हो। 

सम्मेलनको उद्घाटन अर्थमन्त्री ड़ा युबराज खतिवडाले गर्ने कार्यक्रमबारे जानकारी दिन डाकिएको पत्रकार सम्मेलनमा बताइएको छ। सो सम्मेलनमा अमेरिका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, काजकिस्तान, सिंगापुर, थाइल्यान्ड, भुटान, चीन र भारत लगायत देशका साथै सम्बद्ध अन्य संस्थाको पनि सहभागिता रहने बोर्डले जनाएको छ। 

त्यस्तै सम्मेलनमा अन्तरराष्ट्रिय संस्थाहरू, पूर्व एशियाली तथा सार्क राष्ट्रका वित्तीय क्षेत्रका नियमनकारी निकायहरूका प्रतिनिधि गरी ४० जना वित्तीय क्षेत्र तथा वित्तीय साक्षरताका अन्तरराष्ट्रिय विज्ञहरूको सहभागिता रहनेछ। नेपालबाट अर्थ मन्त्रालय, राष्ट्र बैंक, बीमा समिति, कम्पनी राजिस्ट्रारको कार्यालय, बैंकर एशोसिएशन, नेप्से, लगानीकर्ता सघंहरूको प्रतिनिधि गरी कुल १२५ जना सहभागी हुने जनाइएको छ। उद्घाटन सत्र अवधिभर सञ्चारकर्मीलाई उपस्थित गराइने भए पनि अन्य अवधिमा बाहिर सञ्चार डेक्स मार्फत सूचना प्रवाहको व्यवस्था मिलाएको छ। 

सम्मेलनमा हुने कार्यक्रमलाई वित्तीय साक्षरता सम्बन्धमा विभिन्न सत्र सञ्चालन हुने गरी दुई भागमा विभाजन गरिएको छ। सम्मेलनबाट नेपाल सहित यस क्षेत्रमा वित्तीय साक्षरता सम्बन्धमा देखिएका चुनौती र अवसरहरूबारे छलफल गरी समाधान पहिल्याउने अवसर मिल्ने बोर्डका अध्यक्ष ड़ा रेवत कार्कीले बताए।           

नेपाल ओईसीडी अन्तर्गतको आईएनएफईको पूर्ण सदस्ता प्राप्त गरिसकेको छ । ओईसीडी विश्वभरि नै वित्तीय साक्षरताको स्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थापित एक अन्तराष्ट्रिय संस्था हो। यो संस्था विगत ६० वर्षदेखि क्रियाशील छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved