जनउत्थान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 07:19:03 AM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank Limited को लाभांश सुरक्षित गर्ने आज असार १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १८ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकोले आज असार १७ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित बोनस पाउन सक्ने छन् । 

 कम्पनीले हाल कायम चुक्ता पुंजी २ करोड ८८ लाख बराबरको २० प्रतिशतले हुन् आउने ५७ लाख ६० हजार बराबरको बराबरको बोनस वितरण गर्न लागेको हो ।  कम्पनीले असार १२ गतेदेखि शतप्रतिशत हकप्रद निष्काशन गरिरहेको छ  ।   हकप्रदले पनि यो बोनस पाउने भएकोले बोनस प्रतिशत दर १० प्रतिशतमा झर्ने कम्पनीले स्पष्ट पारेको छ । साथै बोनसमा लाग्ने कर प्रयोजनको लागि ३ लाख ३ हजार १५७ रुपियाँ नगद लाभांश प्रस्ताव गरेको छ ।  

 हकप्रद र बोनस पछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुग्नेछ। 

कम्पनीले साधारणसभामा ६ करोड ३३ लाख ६० हजारको २ सय प्रतिशतको दरले हकप्रद निष्काशन गर्ने प्रस्ताव लैजाने भएको हो ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved