हाइड्रोलाई आइपीओ र हकप्रद निष्काशनमा थप कडाइ, नयाँ निर्देशिका लागु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 02, 2019 | 02:43:30 PM मा प्रकाशित

laxmi  sunrise bank

जलविद्युत कम्पनीहरुलाई आईपिओ निष्काशन र हकप्रद निष्काशनमा कडाई गरिएको छ । नेपाल सरकारको विद्युत क्षेत्रको नियामक निकाय बिद्युत नियमन आयोगले शेयर निष्काशनमा कडाई गरेको हो । आयोगले 'बिद्युत सम्बन्धि कम्पनीको शेयरको सार्वजनिक निष्काशन सम्बन्धि निर्देशिका २०७६' जारी गर्दै कम्पनीहरुमाथि कडाई गरेको हो   साथै शेयर निष्काशनको अनुमति माग्दै निवेदन दिदाँ कम्पनीले आयोगलाई सेवा शुल्क समेत दिनु पर्ने भएको छ । 

हालसम्म जलविद्युत कम्पनीले आईपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्थ्यो । साथै आईपिओ निष्काशनपछि हकप्रद वा एफपिओ जारी गर्दा पनि बोर्डको अनुमति पर्दथ्यो । अब भने कम्पनीहरुले बोर्डको साथ साथै आयोगबाट स्वीकृति लिनु पर्ने छ । आयोगले आफ्नो स्वीकृति बिना कुनै पनि कम्पनीलाई शेयर निष्काशन गर्न नदिन बोर्डमा पत्राचार गरिसकेको छ 

आयोगले कम्पनीहरुलाई शेयर निष्काशन गर्नको लागि अनुमति दिनको लागि निर्देशिका जारी गरेको हो ।  

के छ निर्देशिकामा ? 

प्रस्तावित निर्देशिकामा आयोगले आईपिओ निष्काशनको लागि निम्न ५ वटा योग्यता तोकेको छ । 

१. आईपिओबाट उठेको रकम कसरी प्रयोग हुने भन्ने बारेको स्पष्ट वित्तीय  योजना तथा रणनीति साधरणसभाबाट पारित भएको हुनु पर्ने ।

२. सस्थापक शेयरधनीबाट जारि पुंजीको शत प्रतिशत रकम चुक्ता भएको हुनु पर्ने ।

३. आयोजना निर्माणको लागि वित्तीय ब्यबस्थापन भएको हुनु पर्ने ।

४. आयोजनाको मुख्य संरचनाको निर्माण ५० प्रतिशत पुरा भएको हुनु पर्ने र उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनसम्म जोड्नको लागि आवश्यक पूर्वाधारको प्रत्याभूति भएको हुनु पर्ने  । तर लगानी सुरक्षित हुने प्रत्याभूति भए शेयर मूल्यको बढीमा दश प्रतिशत भुक्तानी हुने गरी शेयर निष्काशन गर्न सकिने । 

५. स्थानीयको लागि छुट्याइएको शेयरको सम्बन्धमा आवश्यक निर्णय भएको हुनु पर्ने ।

यी बाहेक आयोगले शेयर निष्काशनको लागि अनुमति माग्दा  १३ प्रकारको कागजात संलग्न गर्नु पर्ने उल्लेख गरेको छ । निर्देशिकाको अनुसूची १ ले थप ब्यबस्था गरेको हो । जसमा पछिल्लो ३ बर्षको लेखा परिक्षण भएको वित्तीय विवरण र आगामी ३ बर्षको वित्तीय प्रक्षेपण पनि संलग्न  गर्नु पर्ने उल्लेख छ ।

यस्ता छन प्रस्तावित अनुसूचीमा उल्लेख भएका आवश्यक कागजात: 




हकप्रद निष्काशनमा भने आयोग केहि लचिलो बनेको छ । आयोगले यस अघि सुझावको लागि सार्वजनिक गरेको निर्देशिकामा  आईपिओ निष्काशन गरेको ५ बर्षसम्म हकप्रद निष्काशन गर्न नपाइने उल्लेख गरेको थियो । तर आयोगले त्यसलाई घटाएर २ बर्ष मात्र कायम गरेको छ । निजि क्षेत्रको बिरोधपछि आयोग केहि पछाडी हटेको हो ।  त्यस्तै  निर्देशिकाबाट हकप्रद निष्काशन गर्नको लागि प्रस्ताव गरेअनुसारको लाभांश वितरण गरेको हुनु पर्ने प्रावधान हटाइएको छ । यस संगै कम्पनीहरुले आईपिओ निष्काशन गरेको २ बर्षपछि हकप्रद निष्काशन गर्न सक्ने छन् । 

 तर अन्य कुनै दोस्रो कम्पनीको शेयर खरिद गर्न र ऋण तिर्ने उदेश्यले भने हकप्रद निष्काशन गर्न नपाइने ब्यबस्था निर्देशिकामा  छ ।  निर्देशिकाले स्थानीय र सर्वसाधारणको लागि एकै पटक शेयर जारि गर्न सकिने ब्यबस्थाको पनि प्रस्ताव गरेको छ ।

आयोगले निर्देशिका पारित गरेसंगै कम्पनीहरुलाई शेयर निष्काशनको बाटो खुलेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved