३ बैंकको २३ हजार कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 07:44:16 AM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न ३ बैंकको २३ हजार कित्ता बढी शेयर आजदेखि लिलाममा आएको छ । आजबाट जनता बैंक, ग्लोबल आईएमई बैंक र सिन्धु विकास बैंकको गरी कुल २३ हजार १ सय ९२ कित्ता शेयर लिलाममा आएको हो ।

कैलाश विकास बैंकले यी शेयर लिलाम गर्न लागेको हो । बैंकले आफ्नो ऋण असुलीको क्रममा ऋणी केदार खत्री क्षेत्रिको नाममा रहेको यी शेयर लिलाम गर्न लागेको हो । ऋण असुली न्यायधिकरणको आदेश अनुसार बैंकले ति शेयर आफ्नो नाममा ल्याई लिलाम गर्न लागेको हो । बैंकले असार १८ गते सम्म बोलपत्र पेश गर्न आह्वान गरेको छ । शिलबन्दी बोलपत्र असार २५ गते ३ बजे खोलिने बैंकले जनाएको छ ।

लिलाम गरिन लागेको शेयरमा जनता बैंकको ९३३५ कित्ता अस्नास्थापक शेयर र ३४७७ कित्ता साधारण शेयर रहेको छ । त्यस्तै ग्लोबल आईएमई बैंकको २६८७ कित्ता संस्थापक शेयर र सिन्धु विकास बैंकको७६९३ कित्ता संस्थापक शेयर पनि लिलाममा रहेको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved