ओमी माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रद पाउन कहिलेसम्म बन्ने शेयरधनी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2019 | 09:05:52 AM मा प्रकाशित

laxmi  sunrise bank

ओमी माइक्रोफाइनान्स Womi Microfinance Bittiya Sanstha Limited ले हकप्रद निष्काशन प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ  ।  कम्पनीको असार १९ बसेको संचालक समितिको बैठकले शेयर निष्काशन प्रयोजनको लागि असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो  । असार २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन्  । 

 कम्पनीले १:१ को अनुपातमा १० करोड १० लाख ८८ हजार बराबरको १० लाख १० हजार ८ सय ८० कित्ता शेयर निष्काशन गर्न लागेको हो  । शेयर निष्काशनको लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ  । 

ओमीले काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको नागरिक लघुवित्तलाई मर्ज गर्न लागेको छ । यी २ कम्पनीबीच फागुन २४ गते गाभ्ने गाभिने सम्झौता भएको थियो  । संचालनमा आएको पहिलो बर्ष मै नागरिक घाटामा गएको थियो । हाल ओमीको चुक्ता पुंजी १० करोड १० लाख रहेको छ ।   शत प्रतिशत हकप्रदपछि पुंजी २० करोड २० लाख पुग्ने छ ।  नागरिकको हालको चुक्ता पुंजी १ करोड ७५ लाख रहेको छ  ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved