एभरेष्ट इन्स्योरेन्सको ५ लाख कित्ता बढी शेयर लिलाम हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 06:44:03 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट इन्स्योरेन्स Everest Insurance Company Limited ले निष्काशन गरेको हकप्रद बाँडफांड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बुधबार शेयर बाँडफांड गरेको गरेको हो । जस अनुसार रितपुर्वक आवेदन दिने हरुलाई ७६ लाख ८९ हजार ६ सय ५६ कित्ता शेयर बाँडफांड गरिएको क्यापिटलले जनाएको छ ।

 यस संगै बिक्रि हुन् नसकेको ५ लाख कित्ता बढी शेयर लिलाम हुने भएको छ । कम्पनीले निष्काशन गरेको हकप्रद शेयर मध्ये ५ लाख  २९ हजार ८ सय १९ कित्ता शेयर लिलाममा आउने भएको हो ।

कम्पनीले जेठ १४ गतेदेखि १:३ को अनुपातमा ३ सय प्रतिशत हकप्रद निष्काशन गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved