हिमालयन बैंकले साउन २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, ब्याज कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 08:28:51 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकले साउन २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । यसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख इकाई सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख इकाई ठूला तथा संस्थागत लगानीकर्ता हरुलाई व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ।

लगानीकर्ताले  न्युनतम २५ कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले छिटोमा साउन ६ गतेसम्म र त्यस अवधिसम्म पुरै बिक्रि नभएमा साउन ३१ गतेसम्म ऋणपत्रमा आवेदन दिन सक्ने छन् । ऋणपत्र निष्काशनको लागि लक्ष्मी क्यापिटल बिकी प्रबन्धक रहेको छ ।

बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले “हिमालयन बैंक लिमिटेड बण्ड २०८३” नामको ३० लाख इकाई  बिक्रि गर्न लागेको हो ।  सात बर्ष अवधीको यो ऋणपत्रमा बैंकले बार्षिक दश प्रतिशतका दरले अर्धबार्षिक ब्याज भुक्तानी गर्ने जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved