नेप्सेको अनलाइन कारोबार प्रणालीमा गम्भीर त्रुटी, यसरि हुँदैछ सेयरको मुल्यमा चलखेल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 13, 2019 | 06:36:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज (नेप्से) मा गत साता भएको केहि कारोबारले अनलाइन कारोबार प्रणालीको विश्वसनिता माथि नै प्रश्न खडा गरेको छ । गत साता नेप्सेमा सिभिल लघुवित्त वित्तीय संस्थाको केहि शंकास्पद कारोबार देखिएपछि यो बिषय बाहिर आएको हो।

असार २४ गते मंगलबार कम्पनीको अन्तिम २ कारोबार कसरि भयो भन्नेमा ब्रोकर आफै पनि चकित भएका छन।  कम्पनीको सेकेन्ड लास्ट अर्थात् दोस्रो अन्तिम कारोबार 2019070901004988 कन्ट्रयाक्ट नम्बरमा ५१० रुपैयाँमा भएको छ । त्यस्तै यसपछिको कारोबार 2019070901005132  कन्ट्रयाक्ट नम्बरमा भएको छ जुन त्यस दिनको अन्तिम कारोबार समेत हो । तर अन्तिम कारोबार भने ५४८ रुपैयाँमा भएको छ । यहाँ एकै पटक ७ प्रतिशत भन्दा बढी मूल्य बढाएर कारोबार भएको छ । जबकी धितोपत्र कारोबार संचालन विनियमावलीले अघिल्लो कारोबारभन्दा २ प्रतिशत घटी वा बढीको सीमा भित्र मात्र आदेश प्रविष्ट गर्न सक्ने ब्यबस्था गरेको छ। तर एकै पटक ७ प्रतिशत भन्दा बढी बढाएर कसरी प्रणालीले आदेश लियो भन्ने गम्भीर प्रश्न खडा भएको छ। 


नेप्सेले ५४८ मूल्यमा गरिएको आदेश 'जीटीसी आदेश' भएको र यो नियम अनुसार नै भएको दाबी गरेको छ । नेप्सेका एक उच्च आइटी अधिकारीले यस्तो खालको आदेशमा अघिल्लो दिनको अन्तिम मूल्य भन्दा १० प्रतिशत तल वा माथि बढेर आदेश मिलान हुन् सक्ने बताएका छन। तर ब्रोकरहरु भने त्यस्तो ब्यबस्था नै नरहेको र यो नेप्सेको सिस्टमको कमजोरी भएको दाबि गर्छन। 

नेप्सेका ति आईटी अधिकारी स्वयंले पनि यो एक प्रकारको बजार चलखेल नै रहेको स्वीकार गरेका छन। यसरी एकै पटक ७ प्रतिशत मूल्य बढाएर कारोबार हुनु शंकास्पद र गम्भीर बिषय भएको बजार पण्डितहरुको भनाई छ। 

त्यस्तै सिभिल लघुवित्तको बिहिबारको कारोबार पनि नियम सम्मत देखिदैन । कम्पनीको बिहिबारको अन्तिम कारोबार अड लट अर्थात् १० कित्ता भन्दा कमको कारोबार भएको छ । कम्पनीको 2019071101008520 कन्ट्रयाक्ट नम्बरमा अन्तिम कारोबार भएको हो । यस्तो अड लटको कारोबार गर्न सकिने ब्यबस्था भए पनि धितोपत्र कारोबार संचालन विनियमावलीमा अड लटको कारोबारलाई मूल्य परिवर्तन सीमामा गणना गर्न नपाइने भन्ने स्पष्ट उल्लेख छ ।  तर यहाँ रोचक के छ भने १ कित्ता शेयर कारोबार गरेर मूल्यलाई ५ सय बाट सिधै ५ सय १८ पुर्याईएको छ र त्यो नै त्यस दिनको अन्तिम मूल्य कायम भएको छ।  जबकी कानुनी व्यवस्थाअनुसार अडलट कारोबारले मूल्यलाई कुनै फरक पार्नु नपर्ने हो । 


कम्पनीको यी २ कारोबारले नेप्सेको प्रणालीको कमजोरी छर्लङ्ग पारेको छ भने यसले कसरि बजार मूल्यमा चलखेल भईरहेको छ प्रष्ट देख्न सकिन्छ । बिहिबार कम्पनीको कुल ९ वटा मात्र कारोबार भएकोमा   अडलट सहितका अन्तिम ३ कारोबारमा खरिदकर्ता ब्रोकर नम्बर ५ देखिन्छ । त्यस्तै कुल ९ मध्ये ५ वटा कारोबार ५ नम्बर ब्रोकर मार्फत भएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved