विजय लघुवित्तले स्वेडा लघुवित्तलाई गाभ्ने, स्वाप रेसियो कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 08:00:36 AM मा प्रकाशित

laxmi  sunrise bank

विजय लघुवित्तले स्वेडा लघुवित्तलाई गाभ्ने भएको छ । नवलपरासीको गैडाकोटमा केन्द्रीय कार्यालय रहेको विजय लघुवित्तले धादिंगको धुनिवेशीमा रहेको स्वेडा लघुवित्तलाई गाभ्ने भएको हो  । 

२ कम्पनीबीच बिहिबार यस सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । प्रारम्भिक सहमति अनुसार १००:८९ अनुपातको स्वाप रेसियोमा एक्विजिसन हुने छ  । अर्थात् स्वेडाको १०० कित्ता हुने शेयएधनीले विजय लघुवित्तको ८९ कित्ता शेयर पाउने छन्  । यद्यपि डिडिए रिपोर्ट अनुसार स्वाप रेसियोमा १० प्रतिशतसम्म तल माथि हुन् सक्ने लघुवित्तले जनाएको छ ।

हाल विजय लघुवित्तको चुक्ता पुंजी १९ करोड ४८ लाख रहेको छ । स्वेडाले भने आईपिओ निष्काशन गरिसकेको छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved