अब शेयरको पनि बीमा हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 02:27:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले शेयरहरुको बिमा गर्ने घोषणा गरेको छ ।  बोर्डले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै शेयरहरुको बिमा गर्नको लागि सहजीकरण गर्ने उल्लेख गरेको हो । 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवत बहादुर कार्कीले समष्टिगत बजार सुधार तथा विकास कार्यक्रम अन्तर्गत बिमाको अवधारण अगाडी बढाइने बताएका हुन् । डा कार्कीका अनुसार सिडीएससीमा डिम्याटमा रहेका निश्चित सिमासम्मको शेयरहरुको बिमा गर्नको लागि बोर्डले सहजीकरण गर्न छ ।

 नीति तथा कार्यक्रमको १० नम्बर बुँदामा बोर्डले यस बारे उल्लेख गरेको छ । जसमा भनिएको छ 'केन्द्रिय निक्षेप कम्पनीमा अभौतिकृत रुपमा रहेका निश्चित सीमासम्मको शेयरहरुको बिमा गर्नको लागि सहजीकरण गर्ने । ' 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved