नेप्से कै १७ लाख कित्ता शेयर आजदेखि लिलाममा, क-कसले दिन पाउँछ आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2019 | 06:50:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्चेन्ज नेप्सेमा आफ्नो नाममा भएको शेयर लिलाम गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको नेप्सेको १७ लाख २९ हजार ९ सय ८९ दशमलव ५० कित्ता शेयर लिलाम गर्ने भएको हो 

यस लिलाम प्रक्रियामा असार ३१ गतेदेखि भदौ २ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ । यसमा बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सुचिकृत संगठित संस्थाहरुले मात्र आवेदन दिन सक्ने छन् । 

शेयर खरिदको लागि आवेदन गर्दा नेप्सेको कुल शेयर पुंजीको कम्तिमा ५ प्रतिशत र बढीमा १० प्रतिशतसम्म हुनु पर्ने छ । राष्ट्र बैंकले प्रति कित्ता शेयरको न्यूनतंम मूल्य १ हजार ३२ रुपैयाँ तोकेको छ 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved