शेयरको पूँजीगत लाभकर गणनामा नयाँ बिधि, अब यसरी हुन्छ हिसाब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2019 | 08:36:44 AM मा प्रकाशित

laxmi  sunrise bank

आज साउन १ गतेदेखि शेयर कारोबारको पूँजीगत लाभकरणको गणना भारित औसत लागतको आधारमा हुने भएको छ । सिडीएससीले भारित औसत लागतको आधारमा लाभकरणको गणना हुने सूचना निकालेको छ।

हकप्रद र बोनस शेयरको पूँजीगत लाभकरणको गणना विधिका विषयमा विवाद भएपछि भारित औसत लागतको आधारमा कर गणना गर्ने सहमति भएको थियो । बजेटले आर्बाथिक ऐन मार्फत यसलाई प्रष्ट पारेपछि नयाँ कर गणना विधि सुरु भएको हो ।  

कसरी हुन्छ कर गणना ?

मानौ कुनै एक लगानीकर्ताले प्रति कित्ता १५० को दरले सय कित्ता शेयर किन्यो । उसको कुल लागत १५ हजार हुन्छ । त्यस्तै उसले प्रति कित्ता १४० मा ८० कित्ता थप शेयर खरिद गर्यो । यसमा उसको कुल लागत ११ हजार २ सय भयो । उसले १५० मा थप २० कित्ता किन्यो । यसमा उसको कुल लागत ३ हजार हुन्छ । अब उसको जम्मा २०० कित्ता शेयर भयो भने कुल लागत २९ हजार २ सय भयो ।

अब मानौ उसले शेयर किनेको कम्पनीले १० प्रतिशत बोनस दियो भने उसले थप २० कित्ता शेयर पाउने छ । यो थपिएको २० कित्तामा लगानीकर्ताको लागत परेको छैन । तर यसलाई पनि प्रति कित्ता १०० को लागतले हिसाब गरिने छ । अर्थात् २० कित्ताको लागि लगानीकर्ताको लागत २००० हुन्छ । 

यदि कम्पनीले थप २० प्रतिशत हकप्रद शेयर दियो भने लगानीकर्ता ४४ कित्ता शेयर पाउने छ र हकप्रद शेयर खरिदको लागत ४४ सय हुन्छ । अब लगानीकर्तासंग कुल २ सय ६४ कित्ता शेयर भयो भने उसको भारित औसत लागत १३४.८४ हुन्छ ।

अब यदि उसले  १३४ भन्दा बढीको मूल्यमा शेयर बिक्रि गर्यो भने ५ प्रतिशतको दरले लाभकर तिर्नु पर्छ भने १३४ भन्दा कम मूल्यमा शेयर बिक्रि गरे  लाभकर तिर्नु पर्दैन । ब्रोकरसँग भएको सिस्टमले कर गणना गर्ने सिडीएसले जनाएको छ । 

सिडीएसमा शेयर डिम्याट भएपछिको मात्र तथ्यांक छ । त्यस भन्दा अगाडी खरिद गरेको शेयरमा भने लगानीकर्ता आफैले आफ्नो लागत स्वघोषणा गर्नु पर्ने छ । 

यसमा केहि अस्पष्टता देखिए सर्कुलर मार्फत थप स्पष्ट पारिने सिडीएससीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved