एनएलजी इन्स्योरेन्स NLG Insurance Company Limited ले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले एनएफआरएस अनुसार २४ करोड ७६ लाख ७ हजार ९ सय ९४ रुपैयाँ खुद नाफा गरेपनि जगेडा तथा ब्यबस्थाहरु कायम गर्न कम्पनीले लाभांश नदिने जनाएको हो ।
कम्पनीले हाल कायम चुक्ता पुंजीको १०:६ को अनुपातमा ६० प्रतिशत हकप्रद निष्काशन गर्ने तयारी गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी ६४ करोड ४ लाख रहेकोमा प्रस्तावित हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब २ करोड पुग्ने छ ।