'पहिलो दिन' दोहोरो अंकले बढ्यो नेप्से, सर्बाधिक कमाउनेमा लघुवित्त कम्पनी अगाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2019 | 04:21:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ आर्थिक बर्षको पहिलो दिनको कारोबारमा शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १५.८५ अंकले बढेर १२७४.८६ को बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका १६७ कम्पनीका १३ लाख ७५ हजार १ सय ९० कित्ता शेयर खरिद बिक्रि बाट ४२ करोड ६७ लाख ४३ हजार ४ सय ५८ कित्ता शेयर खरिद बिक्रि भएको छ । आज नेपाल बैंक लिमिटेडको सबै भन्दा धेरै ४ करोड ७५ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स, शिवम सिमेन्ट, अपर तामाकोशी लगायत रहेका छन् 

आज कारोबारमा आएका होटेल र फाइनान्स बाहेकका सबै समुहगत सूचक बढेका छन् । 

आज उन्नति माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक ७ प्रतिशत कमाएका छन् भने समिट लघुवित्तका लगानीकर्ताले ६.८६ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा ग्लोबल आईएमई लघुवित्त, स्वदेशी लघुवित्त रहेका छन् 

आज सिभिल लघुवित्तका लगानीकर्ताले सर्बाधिक ९ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा दिब्यश्वरी हाइड्रो, युनाइटेड फाइनान्स, अरुण काबेली पावर लगायत रहेका छन् 

नयाँ आथिक बर्षबाट पुँजीगत लाभकर घटेर ५ प्रतिशतमा झर्दा लगानीकर्ता उत्साहित बनेका छन् । त्यस्तै आजकै मिति बाट पुंजीगत लाभकर गणना पनि भारित औसत विधिबाट सुरु भएको छ  ।

यो पनि : 

शेयरको पूँजीगत लाभकर गणनाको नयाँ विधि बुझ्नु भएँन ? हेर्नुस सजिलो तरिका




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved