शेयर किनेको प्रमाण छैन ? जसरि पनि खोज्नुस, नत्र हुन्छ 'ठुलो घाटा'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 18, 2019 | 07:16:06 AM मा प्रकाशित

laxmi  sunrise bank

 पुँजीगत लाभकरको नयाँ गणना विधि कार्यन्वयनमा ब्यबहारिक तथा प्राविधिक कठिनाई देखिएको छ। सिडीएसले अर्थमन्त्रालयको निर्देशन बमोजिम  भारित औसत विधिको आधारमा लाभकर असुल गर्न भन्दै सम्पूर्ण ब्रोकर सदस्यलाई निर्देशन दिएको छ  । 

यस संगै सेयर ब्रोकर एसोसिएसनले लगानीकर्तालाई आफ्नो सेयरको लागत गणना गरेर विवरण बुझाउन आग्रह गरेको छ । ब्रोकरहरुले शेयर बिक्रि गरेको भोलीपल्ट आफु स्वयं नै ब्रोकर  कार्यालयमा उपस्थिति भएर  भारित औषत गणना फाराम भरी सहिछाप गरेर बुझाउन आग्रह गरेको छ 

फारम मात्र भरेर लगानीकर्ताको काम सकिने छैन, उनीहरुले फारममा भने अनुसारको मूल्यमा शेयर खरिद गरेको प्रमाण खुल्ने कागजात समेत पेश गर्नु पर्ने ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट बताउछन् । लगानीकर्ताको डिम्याट नगरिएको अन्य शेयर छ कि छैन, अर्को डिपीमा उसको शेयर छ कि छैन लगायतका बिषय ब्रोकरलाई थाहा नहुने भएकोले लगानीकर्ता आफैले ब्रोकर अफिस आएर स्वघोषणा गर्नु पर्ने रानाभाटले बताए ।  

यस संगै लगानीकर्ताले शेयर खरिद गरेको हरेक मूल्य र मिति सम्झनु पर्ने भएको छ भने शेयर खरिद गरेको प्रमाण समेत सुरक्षित राख्नु पर्ने भएको छ । यदि लगानीकर्ताले प्रमाण जुटाउन सकेन भने भारित औषत लागत गणना गर्दा  अंकित मूल्यलाई आधार मानिने ब्रोकर एशोसियसनले स्पष्ट पारेको छ । 

उदाहरणको लागि यदि कुनै लगानीकर्ताले नागरिक लगानी कोषको १०० कित्ता शेयर प्रति कित्ता २५०० किनेको भए उसको कुल लागत २ लाख ५० हजार हुन्छ । उसले थप ५० कित्ता २४ सय ५० मा किने उसको दोस्रो पटकको कुल लागत १ लाख २२ हजार ५ सय हुन्छ । अब लगानीकर्तासंग कुल १५० कित्ता शेयर भएको छ र कुल लागत ३ लाख ७२ हजार ५ सय हुन्छ । मानौ कम्पनीले १४ प्रतिशत बोनस दियो भने उसले थप २१ कित्ता शेयर पाउंछ जसको लागत २१०० गणना हुन्छ । लगानीकर्ताको कुल कित्ता १७१ भयो भने कुल लागत ३ लाख ७४ हजर ६ सय हुन्छ । भारित औसत निकाल्दा प्रति कित्ता २१ सय ९० हुन्छ । 

यस हिसाबमा लगानीकर्ताले २१ सय ९० भन्दा बढीमा शेयरबिक्रि गरे मात्र लाभकर तिर्नु पर्छ । तर उसले यी शेयर खरिद गरेको प्रमाण पेश गर्न सकेन भने उसले सबै शेयर १०० मा खरिद गरेको मानिने छ र कुल लागत १७ हजार १ सय मात्र हुनेछ । यस हिसाबमा  १७१ भन्दा माथि जुन सुकै मूल्यमा शेयर बिक्रि गरेपनि लाभकर तिर्नु पर्छ । प्रमाण पेश गर्न सके २१ सय ९० भन्दा तलको मूल्यमा शेयर बेच्दा लाभकर तिर्नु पर्दैन 

यस्तो ब्यबस्थाले आफुहरुलाई पनि समस्या परेको ब्रोकरहरु बताउछन् । 

हेर्नुस ब्रोकर एसोसिएसनको सूचना : 


यो पनि : 

शेयरको पूँजीगत लाभकर गणनाको नयाँ विधि बुझ्नु भएँन ? हेर्नुस सजिलो तरिका


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved