अध्यक्ष रौनियार भन्छन् 'सहमति विपरित लाभकरको गणनाको नयाँ विधि आयो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 09:32:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले अर्थ मन्त्रालयसँग भएको सहमति विपरित पुंजीगत लाभकरको नयाँ गणना विधि आएको बताएका छन् । अर्थमन्त्रालयको निर्देशन बमोजिम सिडीएसले भारित औसत विधिबाट लाभकर गणना गर्न सबै सबै ब्रोकरहरुलाई निर्देशन दिएको छ ।

तर सिडीएसबाट आएको निर्देशन लगानीकर्ताले अर्थमन्त्रालयसंग गरेको सहमति विपरीत भएको अध्यक्ष रौनियारले बताएका छन। उनका अनुसार तत्कालिन राजश्व सचिव शिशिर ढुंगानासंग सहमति हुँदा ७२ साल अगाडीको हकमा कट अफ मिति यकिन गरेर त्यो दिनको मूल्यलाई आधार मानेर लाभकर गणना गर्ने सहमति भएको थियो । सिडीएससंग ७२ सालको भन्दा पछाडीको मात्र रेकर्ड भएकोले त्यस अगाडीको लाई कट अफ राख्ने सहमति भएको अध्यक्ष रौनियारले बताएका हुन् ।

यस बिषयमा आज इन्भेस्टर फोरमको बैठक बसेर थप छलफल गर्ने रौनियारले बताए । उनले बैठक बसेर नेप्से, धितोपत्र बोर्ड, सिडीएस र अर्थ मन्त्रालयलाई सहमति अनुसार नै कार्यन्वयन गर्न पहल गरिने उनले बताए ।

उनले लगानीकर्तालाई नआत्तिन समेत आग्रह गरेका छन् । उनले भने 'समस्या आयो भन्दैमा आत्तिनु हुदैन, धैर्यता राख्नु पर्छ, हामी सबैले मिलेर यसलाई समाधान गर्नु पर्छ' ।

ब्रोकरहरुले शेयर खरिद गरेको प्रमाण पेश गर्न नसके अंकित मूल्य अर्थात् सय रुपैयाँलाई नै लागत मानेर लाभकर गणना गर्ने बताएको छ । 


यो पनि : 

शेयर किनेको प्रमाण छैन ? जसरि पनि खोज्नुस, नत्र हुन्छ 'ठुलो घाटा'

  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved