इन्भेष्टर फोरमले दियो आन्दोलनको चेतावनी, भारित औसत सिडीएसले नै निकाल्नु पर्ने माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 05:13:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेस्टर फोरमले भारित औसत दरको निर्धारण सिडीएस स्वयंले गर्ने ब्यबस्था गर्न माग गरेको छ । फोरमको आज बसेको बैठकले लगानीकर्ता आफै ब्रोकर अफिसमा गएर आफुले शेयर खरिद गरेको शेयरको लागत स्वघोषणा गर्ने ब्यबस्था अब्यबहारिक रहेको बताउदै तत्काल भारित औसत दरमा पूँजीगत लाभकरको निर्धारण सिडीएसबाट नै गराउन माग गरेको हो 

लगानीकर्ता स्वयंले भारित औसत लागत निर्धारण गर्ने परिपाटीले पुंजीबजारलाई पुन कागजी प्रक्रियामा धकेलिदिएकोले यो काम सिडीएसले नै ब्यबस्था गर्न माग गरिएको फोरमका अध्यक्ष छोटेलाल रौनियारले जानकारी दिए । साथै फोरमले यस अघि अर्थमन्त्रालयमा भएको सरवापक्षीय सहमति कार्यन्वयन गर्न पनि आग्रह गरेको छ । अन्यथा पुन आन्दोलन गर्ने चेतावनी समेत फोरमले दिएको छ  

यो पनि : 

अध्यक्ष रौनियार भन्छन् 'सहमति विपरित लाभकरको गणनाको नयाँ विधि आयो'

हेर्नुस फोरमको बिज्ञप्ति : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved