लाभकर विवाद: सोमबार मन्त्रालयमा 'निर्णायक' छलफल, आज के के भयो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2019 | 04:57:08 PM मा प्रकाशित

laxmi  sunrise bank

भारित औसत लाभकर गणनामा देखिएको समस्या समाधान गर्ने उदेश्यले आइतबार दिनभर जसो बैठक र छलफल चलेपनि परिणाममुखी निष्कर्ष आउँन सकेन 

आइतबार बिहानै शेयर कारोबार सुरु हुनु भन्दा अगाडी ब्रोकर समेत सम्मिलित ४ वटा लगानीकर्ता संघको बैठक बस्यो। इन्भेस्टर फोरम, शेयर लगानीकर्ता संघ, शेयर लगानीकर्ता दबाब समुह, र नेपाल पुँजीबजार संघको संयुक्त बैठक बसेको हो । बैठकले ब्रोकर संघ, र सिडीएसलाई कारोबार राफसाफ नगर्न आग्रह गर्दै लगानीकर्तालाई समेत लाभकारको फारम नभर्न आग्रह गर्यो । 

जवाफमा ब्रोकर संघले सिडीएसबाट निर्देशन नआएसम्म राफसाफ र्कं नसक्ने जवाफ दियो । लगत्तै संघका नेताहरुले सिडीएस पुगेर आफ्ना माग राख्दै समस्या समाधान गरिदिन आग्रह गरे । सिडीएसले  पनि आफुले माथिल्लो निकायबाट निर्देशन आएको खण्डमा मात्र कारोबार राफसाफ रोक्न सक्ने र भारित औसत लाभकर गणना विधिमा कट अफ मिति राख्न सक्ने जवाफ दियो 

त्यसपछि लगानीकर्ता नेताहरु राजश्व सचिव लाल शंकर घिमिरेलाई भेट्न अर्थ मन्त्रालय पुगे । सचिव घिमिरेले मागका प्राविधिक पक्ष बुझेर जाहेज मागहरु सम्बोधन गर्ने र शेयरबजार फेरी ल्याप्चे युगमा नजाने आश्वासन लगानीकर्तालाई दिए 

त्यस अगाडी नै सचिव घिमिरेले नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेलाई सबै पक्ष सँग छलफल गरेर समाधान बोकेर आउँन निर्देशन दिईसकेका थिए । 

उता धितोपत्र बोर्डमा नेप्सेका सीइओ र सिडीएसका सीइओ सहितको अर्को बैठक बस्यो । त्यस बैठकमा लगानीकर्ताले उठाएको माग जाहेज भएको र यसको समाधान निस्कनु पर्नेमा सबै सहमत देखिए । लगानीकर्ताले माग गरे अनुसार नै कट अफ मिति तय भएमा समस्या समाधान हुने नेप्से , सिडीएस र बोर्डको निष्कर्ष छ । तर उनीहरु आफै मिति तोक्न सक्ने स्थितिमा भने छैनन् । यसको लागि मन्त्रालय वा अन्तरिक राजश्व विभागबाट नै आवश्यक निर्णय हुनु पर्नेमा एक मत छ । 

बोर्डको बैठकबाट फर्केका नेप्से सीइओ साउदलाई पनि लगानीकर्ता नेताहरुले भेटे । जवाफमा समस्या समाधानको लागि पहल भईरहेको र समस्या छिट्टै समाधान हुने जानकारी गराए ।

सीइओ साउदका अनुसार सोमबार यसै बिषयमा छलफल गर्न मन्त्रालयले धितोपत्र बोर्ड, नेप्से र सिडिएसलाई बोलाएको छ । त्यस बैठकबाट समाधान निस्कन सक्ने साउदले बताए । लगानीकर्ताका नेताहरु पनि त्यस बैठकले विवाद समाधान हुनेमा विश्वस्त देखिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved