एनआईसी एशिया बैंकको ४४० करोडको ऋणपत्र बिक्रि खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 06:32:21 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआई सी एशिया बैंक NIC Asia Bank Limited ले आज श्रावण ६ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ ।  बैंकले ४ अर्ब ४० करोडको बराबरको ४४ लाख इकाई ऋणपत्र निष्काशन गरेको हो  । 

कुल निष्काशन रकमको ६० प्रतिशत अर्थात् २ अर्ब ६४ करोड व्यक्तिगत तवर मार्फत् निष्काशन गरिएको छ भने  ४० प्रतिशत अर्थात् १ अर्ब ७६ करोडको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । ७ बर्षे अवधिको यस ऋणपत्रलाई  ‘एन आई सी एशिया डिबेन्चर २०८३÷८४’ नाम दिइएको छ। यसमा लगानीकर्ताले अर्थ बार्षिक रुपमा भुक्तान हुने गरी १०.२५ प्रतिशत वार्षिक ब्याज प्राप्त गर्ने छन् ।

ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । उक्त ऋणपत्र छिटोमा साउन ९ तथा ढिलोमा भदौ ३ गतेसम्छिम आवेदन दिन सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved