भारित औसत लाभकर विवाद समाधान गर्न मन्त्रालयमा छलफल जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 02:16:12 PM मा प्रकाशित

laxmi  sunrise bank

भारित औसत लाभकर गणनामा देखिएको समस्या समाधान गर्ने उदेश्यले अर्थमन्त्रालय बैठक चलिरहेको छ । राजश्व सचिव लाल शंकर घिमिरेले सम्पूर्ण सरोकारवालाहरुको बैठक बोलाएका हुन् 

बैठकमा नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडीएससीका प्रमुख र लगानीकर्ता संघका प्रतिनिधिहरु सहभागी छन् । त्यस्तै बैठकमा नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने पनि सहभागी छन् । सचिव घिमिरेले न्यौपानेलाई सबैलाई मान्य हुने समाधान सहित उपस्थित हुन् आइतबार निर्देशन दिएका थिए । बैठक स्थलबाटबाट अध्यक्ष न्यौपानेले अहिले छलफल चलिरहेको बिजपाटीलाई बताए । 

आइतबार पनि यस बिषयमा विभिन्न चरणमा छलफल भएका थिए । छलफलले शेयर खरिद गर्दा मूल्य नखुलेको शेयरको हकमा कट अफ मिति कायम गरेर त्यसदिनको मूल्यलाई आधार मानेर भारित औसत लागत निकाले समस्या समाधान हुने निष्कर्ष निकालेको थियो । आजको बैठकले कुनै एक मितिलाई कट अफ मिति तोक्न सक्ने सम्भावना छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved