बिजपाटी सम्बाददाता     Jul 23, 2019 | 08:13:38 AM



dace

हिमालयन Himalayan Bank Limited  बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले यस अघि छिटोमा साउन ६ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा अब म्याद थप गरि साउन ३१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । 

कम्पनीले साउन २ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो । बैंकले तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । यसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख इकाई सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख इकाई ठूला तथा संस्थागत लगानीकर्ता हरुलाई व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ।

लगानीकर्ताले  न्युनतम २५ कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्ने छन् । ऋणपत्र निष्काशनको लागि लक्ष्मी क्यापिटल बिकी प्रबन्धक रहेको छ ।

बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले “हिमालयन बैंक लिमिटेड बण्ड २०८३” नामको ३० लाख इकाई  बिक्रि गर्न लागेको हो ।  सात बर्ष अवधीको यो ऋणपत्रमा बैंकले बार्षिक दश प्रतिशतका दरले अर्धबार्षिक ब्याज भुक्तानी गर्ने जनाएको छ। 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7