ग्रामिण विकास लघुवित्तको ५ लाख कित्ता बढी शेयर आजदेखि लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 06:19:10 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्रामिण बिकास लघुवित्त वित्तीय संस्थाले आज साउन ८ गते देखि ५ लाख कित्ता बढी शेयर लिलाम गर्दै छ । कम्पनीले  हकप्रदमा अवितरित ५ लाख ८२ हजार ८ सय ४४ कित्ता शेयर लिलाम गर्ने भएको हो । जस मध्ये ३ लाख ९२ हजार ३ सय ९३ कित्ता संस्थापक शेयर रहेको छ भने बाँकि १ लाख ९० हजार ४ सय ५१ कित्ता सर्वसाधारण समुह तर्फको शेयर रहेको छ । 

इच्छुक लगानीकर्ताले साउन १५ गतेसम्म लिलाममा आवेदन दिन सक्ने छन् । लिलाम प्रक्रियाको लागि एनआईबिएल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले बैशाख २७ देखि जेठ ३० गते सम्म  एक सय बराबर पचास कित्ता अर्थात ५० प्रतिशतका दरले  ३२ लाख ७५ हजार कित्ता हकप्रद निष्काशन गरेको थियो । जस मध्ये रित पुर्वक आवेदन दिने ५० हजार २ सय ८७ शेयरधनीलाई २६ लाख ९२ हजार १ सय ५६ कित्ता बाँडफांड गरिएको बिक्रि क्यापिटलले जनाएको छ । बाँकि रहेको शेयर लिलाम गर्ने भएको हो । 

हकप्रद बिक्रि तथा वितरण पश्चात लघुवित्तको चुक्तापुंजी ९८ करोड २५ लाख पुग्नेछ। हाल लघुवित्तको चुक्तापुंजी ६५ करोड ५० लाख रहेको छ। 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved