मौद्रिक नीतिबारे के भन्छन सेयरबजारका लगानीकर्ताका नेता ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 25, 2019 | 11:52:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मैद्रिक नीतिमा लगानीकर्ताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । राष्ट्र बैंकले बैंक तथा लघुवित्तहरुलाई मर्जमा जान प्रोत्साहन गर्ने, क्रस होल्डिंङ भएका बैंक तथा लघुवित्तलाई प्राथमिकतामा राखेर मर्जमा लगिने लगायतका प्रावधान समाबेश छन् । 

नेपाल इनभेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले मौद्रिक नीतिले शेयर बजारलाई खासै नसमेटेको बताएका छन्। उनले मौद्रिक नीति  'सफ्ट' र 'ब्यालेन्सेड' आएको भए पनि बजारका बिषय नसमेटिएको बताएका हुन्छ । तरलता सहज हुने र ब्याजदर घट्ने खालको नीति आएको उनले बताए । फोर्ज वा जबर्जस्ति मर्जरको सट्टा राष्ट्र बैंकले विशेष सहुलियत दिएर मर्जरमा लैजान प्रोत्साहन गरिनु सकारात्मक रहेको उनले बताए । ऋणपत्र समय समयमा आउनु आवश्यक भए पनि ठुलो मात्रामा ऋणपत्र आउने बिषयमा आफुहरुको 'कन्सर्न' रहेको अध्यक्ष रौनियारको भनाई छ ।

त्यस्तै नेपाल सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले दीर्घकालीन रुपमा तरलता समाधान हुने गरि नीति आएको बताएका छन् । शेयरबजारमा तत्काल गरि हाल्नु पर्ने विषय केहि नरहेको र मौद्रिक नीतिबाट शेयरबजारको लागि केहि विशेष आशा नगरिएको पनि उनले बताए । मर्जरको विषय सकारात्मक रहेको र यसले शेयरको 'फलो' लाई केहि कम हुने उनले बताए । त्यस्तै मौद्रिक नीतिले तरलताको बिषयलाई दीर्घकालीन रुपमा लिएको त्यसलाई समाधान गर्नको लागि दिर्घकालिन नीति पनि आएको उनले उल्लेख गरे । मौद्रिक नीतिले ब्याजदर घट्ने नभई त्यसलाई स्थिर राख्ने प्रयास गरेको उनले बताए । 

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीतिमा शेयरबजारलाई प्रत्यक्ष प्रभाव पार्ने केहि पनि बिषय नआएको बताएकी छिन्। बजेटमा जसरि पुँजीबजार प्राथमिकतामा परेको थियो, त्यसकै सेरोफेरोमा रहेर मौद्रिक नीति आउने पर्ने भए पनि त्यस्तो नआएको उनले बताईन । मर्जरको लागि गरिएको प्रोत्साहन भने राम्रो पक्ष भएको उनले बताईन । ब्याजदर भने घट्ने उनको अपेक्षा छ ।

लगानीकर्ता दबाब समुहका अध्यक्ष हरि ढकाल मौद्रिक नीतिमा शेयरबजारको लागि नकारात्मक पनि केहि नरहेको र सकारात्मक पनि केहि नआएको बताए । यद्यपि मौद्रिक नीतिले दिर्घकालिन रुपमा प्रभाव पार्ने कुराहरु रहेको उनले उल्लेख गरेका छन् । राष्ट्र बैंकले बैंकहरुलाई मर्जमा जानलाई दिएको सहुलियतको अवसर बैंकहरुले प्रयोग गरे पुँजीबजारको लागि राम्रो हुने, अस्वस्थ प्रतिस्पर्धा हट्ने र संस्थागत सुशासन आउने उनले बताए । तरलताको विषय प्रति राष्ट्र बैंक सचेत छ भन्ने मौद्रिक नीतिमा देखिएको दीर्घकालीन रुपमा ब्याजदर घट्न सक्ने उनले बताए । 

त्यस्तै नेपाल पूँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरीले मौद्रिक नीतिमा लगानीकर्ताको लागि खासै केहि पनि नआएको बताएकी छिन।मर्जमा जाने विषय सकारात्मक भए पनि मर्जमा जाँदा कारोबार रोक्का नहुने ब्यबस्था आएको भए र  ब्रोकर लाईसेन्स दिने विषयमा थप स्पष्ट व्यबस्था आएको भए राम्रो हुने उनले बताईन ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved