हकप्रद वितरण गरेर उन्नति माइक्रोफाइनान्स र सहकार्य लघुवित्त मर्जमा जादै, मर्जपछि एफपिओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2019 | 09:14:13 AM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा मर्जरमा जान सहमति पत्रमा हस्ताक्षर भएको छ । यी दुई संस्थाबीच मर्जरमा जानका लागि बिहिबार प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको हो ।  उक्त सहमतिपत्रमा उन्नति माईक्रोफाइनान्सको संचालक समिति अध्यक्ष अनिता ढुङ्गाना शाह र सहकार्य लघुवित्तको संचालक समितिका अध्यक्ष खिलराज मैनालीले हस्ताक्षर गरेका हुन् । 

रुपन्देही जिल्लामा केन्द्रिय कार्यालय रहेको उन्नतिको १५ जिल्लामा आफ्नो शाखा विस्तार गरेको छ भने सर्लाही जिल्लामा केन्द्रिय कार्यालय रहेको सहकार्यले १० जिल्लामा शाखा विस्तार गरी काम गर्दै आएको छ । हाल उन्नतिको चुक्ता पूँजी ८ करोड ८२ लाख ७५ हजार र सहकार्य लघुवित्त वित्तीय संस्था १ करोड ४० लाख रुपैयाँ रहेको छ । 

उन्नतिले १ः १ अनुपात र सहकार्यले १ः३ को अनुपातमा यस अघि पारित गरेको हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरिएको छ । यदि राष्ट्र बैंकले हकप्रद निष्काशन गर्न रोक लगाएमा मर्जर पछि हकप्रद शेयर निष्काशन गर्ने सहमति भएको छ । 

साथै सहकार्यको कल इन एडभान्समा रहेको रकमलाई पूँजीमा गणना गरिने भएको छ । दुई संस्थाबीच पुस महिना भित्र एकिकृत कारोबार गर्ने भएको छ । दुई संस्था मर्जर पश्चात उन्नति सहकार्य लघुवित्तको नामबाट एकिकृत कारोबार हुने छ । 

सहकार्यले आईपिओ जारि नगरेकोले संस्थापक र सर्वसाधारणको शेयर अनुपात मिलाउन मर्जपछि एफपिओ निष्काशन गर्ने समझदारी पनि भएको छ  । 

दुई वित्तीय संस्थाहरु एक आपसमा गाभिई बन्ने वित्तीय संस्थामा ७ जना संचालक हुनेछन् । जसमा उन्नतिको अध्यक्ष नै मर्जर पश्चात अध्यक्ष रहने छ । साथै कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पनि उन्नतिकै सिईओलाई निरन्तरता दिईने भएको छ । कम्पनीको सेयर स्वाप रेसियो डिडिएबाट तय गरिने भएको छ । सहकार्यका सीइओलाई मर्जर पश्चात् बन्ने वित्तीय संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत पदमा  विगतको खाइपाइ आएको तलब भत्ता तथा सुविधा पाउने गरि समायोजन गरिने सहमति भएको छ । दुवै संस्थामा हाल कार्यरत अन्य कर्मचारीहरुको पद मर्जर पश्चात यथावत कायम रहने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved