सिबिआईएल क्यापिटलको अध्यक्षमा दाहाल नियुक्त, सीईओमा गिरी नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2019 | 08:47:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सिबिआईएल क्यापिटल लिमिटेडको अध्यक्षमा समिरप्रसाद दाहाल नियुक्त भएका छन्। सिटिजन्स बैंक इन्टरनेशनलको तर्फबाट मनोनित भई अध्यक्ष रहेका बोधराज देवकोटाले व्यक्तिगत कारण देखाई राजीनामा दिएपछि रिक्त उक्त पदमा दाहाल अध्यक्ष नियुक्त भएका हुन। 

साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक दाहाललाई बाँकी अवधिसम्मको लागि अध्यक्षमा नियुक्त गरेको कम्पनीका सिईओ नवराज गिरीले जनाएका छन्।

सीईओमा गिरि 

सिबिआईएलको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नवराज गिरी नियुक्त भएका छन् । बैशाख १ गतेदेखि कामु सिइओका रुपमा कार्यरत गिरीलाई साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि नै लागू हुने गरी सिईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

दुई दशक भन्दा बढी हिमालयन बैंक लिमिटेडमा विभिन्न शाखा प्रमुखका रुपमा र विभिन्न विभागमा विभागीय प्रमुखका रुपमा साथै उच्च व्यवस्थापनमा रही लामो अनुभव बटुलेका गिरी मार्केटिङ, जनसम्पर्क, बैंकिङ अपरेशन, जोखिम व्यवस्थापन तथा कर्जा व्यवस्थापनमा विशेष दख्खल राख्छन।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved