बैंकलाई ब्रोकर लाईसेन्स दिन तात्यो बोर्ड, नेप्सेलाई दियो कडा निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2019 | 02:47:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्चेन्ज नेप्सेलाई थप ब्रोकर लाइसेन्स दिने प्रक्रिया तत्काल अगाडी बढाउँन निर्देशन दिएको छ ।  बोर्डको असार २५ गते बसेको बैठकले यस्तो निर्देशन दिएको हो । बोर्डको बैठक असार २५ गते बसेको भएपनि बोर्डले १८ दिनपछि यस सम्बन्धि जानकारी दिएको हो । 

बोर्डले आवश्यक प्रक्रिया पुरा गरेका बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्सको लागि सिफारिस गर्न नेप्सेलाई निर्देशन दिएको हो । बोर्डले काठमाडौँ उपत्यका बाहेकका आर्थिक रुपमा सक्रिय सक्रिय जिल्ला र स्थानको लागि लाईसेन्स दिनको लागि सिफारिस गर्न निर्देशन दिएको हो । 

त्यस्तै बोर्डले नेप्सेले यस अघि तयार पारेको अध्ययन प्रतिवेदन दिएका सुझाव पनि प्रतिकुल हुने भन्दै खारेज गरिदिएको छ । त्यस प्रतिवेदनमा नेप्सेले बाणिज्य बैंकको सहायक कम्पनीको संख्या तोक्ने, न्युनतम पुँजी तोक्ने, भौतिक संरचना कायम गर्ने, सहायक कम्पनीले मुख्य कम्पनीको शाखा वा काउन्टर प्रयोग गर्न नपाउने लगायतका विषय समावेश थिए । तर बोर्डले नियमावली बिपरित भन्दै यो प्रस्तवा खारेज गरिदिएको हो । बोर्डले यस अघि २०७५/९/१८ मा तोकिएको मापदण्ड अनुसार लाईसेन्सको लागि सिफारिस गर्न निर्देशन दिएको हो । 

नेप्सेले ब्रोकर लाइसेन्सको लागि बोर्डमा सिफारिस गर्ने, र नेप्सेको सिफारिसको आधारमा बोर्डले ब्रोकर लाइसेन्स दिने ब्यबस्था छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved