दोहोरो अंकले घट्यो नेप्से, सर्वाधिक कमाउनेमा सिर्जना फाइनान्स अगाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2019 | 04:31:34 PM मा प्रकाशित

laxmi  sunrise bank

मौद्रिक नीतिपछि उकालो लाग्ने अपेक्षा रहेको नेप्से परिसूचक आज पुनःदोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार नेप्से १७.११ विन्दुले घटेर एक हजार २५२.८० विन्दुमा पुगेको छ ।

  कारोवार रकम पनि तुलनात्मकरूपमा घटेको छ । कूल १६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर रु ४९ करोड २६ लाख ७३ हजार ६५२ मूल्यमा खरीद बिक्री भए । बिहीबार नेप्से १४.१५ विन्दुले घटेर एक हजार २६९.९२ विन्दुमा बन्द भएको थियो । सो दिन कूल १७१ कम्पनीका २१ लाख ९८ हजार १२६ कित्ता शेयर रु ५५ करोड पाँच लाख ३२ हजार १४६ मूल्यमा खरीद बिक्री भएको थियो ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको शेयर घटेको छ । सामूहिक लगानी कोष ०.१६ विन्दुले बढ्दा बैंकिङ १५.९२, व्यापार २.५३, होटल ९.४९, विकास बैंक १५.४९, जलविद्युत् ११.८५, वित्त १.८३, निर्जीवन बीमा ९९.६७, उत्पादन २४.७२, अन्य ७.४४, लघुवित्त २७.७ र जीवन बीमा १०६.८९ विन्दुले घटेको छ ।

कारोवारका आधारमा कृषि विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु चार करोड आठ लाख २४ हजार ३०६ बराबरको शेयर कारोवार भयो । यस्तै नेपाल बैंक लिमिटेड रु चार करोड एक लाख ७२ हजार ४३२, छिमेक लघुवित्त विकास बैंक रु दुई करोड ४० लाख ४२ हजार ९४, एनआइसिएशिया बैंक रु दुई करोड १७ लाख चार हजार ५७, शिवम सिमेन्ट रु दुई करोड छ लाख ६८ हजार १५७ र प्रभु बैंक रु दुई करोड छ लाख २४ लाख ७५१ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

आज सिर्जना फाइनान्सका शेयरधनीले ९.७२ प्रतिशतले कमाउँदा युनिभर्सल पावर कम्पनी ४.६०, एनएमबी सुलभ फण्ड ३.५९, एनएमबी हाइब्रिड फण्ड ३.१३ र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.०१ प्रतिशत कमाए । त्यस्तै युनियन हाइड्रो पावर ८.२३, युनाइटेड इन्स्योरेन्स ६.११, पाँचथर पावर ५.५१, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ५.१७ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.१३ प्रतिशतले गुमाए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved