एनआइसी एशियाको म्युचल फण्डमा आवेदन दिने म्याद थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2019 | 05:55:16 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया क्यापिटलले निष्काशन गरेको एनआइसी एशिया ब्यालेन्स फण्ड’ मा आवेदन दिने म्याद थप गरिएको छ । यस अघि योजनामा छिटोमा साउन १२ गतेसम्म आवेदन दिन सकिने भनिएकोमा पर्याप्त आवेदन नपरेपछि म्याद थप गरिएको हो । अब लगानीकर्ताले भदौ ५ गतेसम्म आवेदन दिन सक्ने छन् ।

एनआइसी एसिया बैंकको कोष प्रवर्दक र एनआईसी एसिया क्यापिटलको व्यवस्थापनमा  एनआइसी एशिया ब्यालेन्स फण्ड’ म्युचल फण्ड योजना आएको हो। कम्पनीले  १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ करोड ५० लाख इकाई साउन ८ गतेदेखि बिक्रि खुला गरेको हो।

१० रुपैयाँ अंकित मुल्य रहेको ब्यालेन्स फण्डको इकाईमा लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम १ करोड ७५ लाखकित्ता सम्मको लागि आवेदन दिन सक्नेछन्।  

साढे १२ करोड ५० लाख इकाइ मध्ये १५ प्रतिशत इकाई कोष प्रवर्दक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटललाई छुट्याइएको छ। यस हिसाबमा १० करोड ६२ लाख ५० हजार इकाई सर्वसाधारणको लागि छुट्याईने छ। इच्छुक लगानीकर्ताले ब्याल्नेस फण्डको इकाईमा धितोपत्र बोर्डबाट आश्वा लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको साथै मेरो शेयरबाट समेत आबेदन दिन सक्नेछन।  

 क्यापिटलले कोषबाट लगानीकर्तालाई पहिलो बर्ष नै ९ प्रतिशतसम्म लाभांश वितरण गर्ने प्रतिबद्दता गरेको छ। १० बर्ष अवधि रहेको बन्दमुखी यस सामुहिक लगानी कोषबाट इकाईधनीले औषतमा १८.७६ प्रतिशत लाभांश प्राप्त गर्नेछन भने कुल १८६.७१ प्रतिशत लाभांश पाउने बताइएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved