शेयरबजारको लाभकर विवादबारे छलफल गर्न अर्थ मन्त्रालयले डाक्यो बैठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2019 | 03:39:31 PM मा प्रकाशित

laxmi  sunrise bank

भारित औसत लाभकर विवादबारे छलफल  गर्न अर्थ मन्त्रालयले पुन: बैठक डाकेको छ ।  मन्त्रालयले बुधबार आन्तरिक राजश्व विभाग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएससी, स्टक ब्रोकर एशोसिएसन र ५ वटै लगानीकर्ता संघलाई छलफलमा बोलाएको हो 

इनभेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले आज सोमबार पनि अनौपचारिक रुपमा आफुहरु राजश्व सचिव लाल शंकर घिमिरेलाई भेट्न गएको  र  सचिव घिमिरेले बुधबार ११ बजेको लागि बैठक डाकेको जानकारी दिएका हुन् । बुधबारको बैठकले यी विवादको टुंगो लाग्ने अपेक्षा गरिएको अध्यक्ष रौनियारले बताए ।

गत साता नै कर गणना विधिबारे धितोपत्र बोर्ड, नेप्से, सिडिएस र लगानीकर्ता संघबीच सर्वपक्षीय सहमति भएको थियो । सोहि सहमति अर्थ मन्त्रालयमा पठाईएको हो । सहमतिमा २०६४ साउन ३० गतेदेखि ०७६ असार ३१ गतेसम्म कारोबार भएका कम्पनीहरुको मूल्यको औसतलाई आधार बनाएर बेस प्राइस निर्धारण गर्ने र सोहिलाई आधार बनाएर भारित औसत गणना गर्ने उल्लेख छ।  

मन्त्रालयले यहि सहमति सदर गर्छ वा अन्य केहि विकल्प ल्याउछ त्यो भने हेर्न बाँकि छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved