'ल्याप्चे आतंक' अन्त्य गर्न माग गर्दै धितोपत्र बोर्ड पुगे लगानीकर्ताका नेता, आन्दोलनको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2019 | 10:47:44 AM मा प्रकाशित

laxmi  sunrise bank

४ वटै लगानीकर्ता संघले संयुक्त रुपमा नेपाल धितोपत्र बोर्डमा विरोध पत्र बुझाएका छन् । शेयरबजारमा लागु भएको भारित औसत लाभकर विषयमा भएको सर्वपक्षीय सहमति लागु गर्न माग गर्दै संघहरुले बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीलाई विरोध पत्र बुझाएका हुन् 

विरोध पत्रमा ल्याप्चे आंतकको अन्त्य गर्न माग गरिएको छ भने लगानीकर्तालाई ल्याप्चे नलगाउँन र आवश्यक परे आन्दोलनमा उत्रिन समेत आग्रह गरिएको छ ।

साथै पुँजीबजारलाई पछाडी धक्लेने कार्य कुनै पनि हालतमा स्वीकार गर्न नसकिने भन्दै गैर जिम्मेवार क्रियाकलाप गर्न प्रेरित गर्ने र गराउनेलाई कडा भन्दा कडा कारबाही गर्न र यसबाट परेको नकारात्मक असरको सम्बन्धि पक्षबाट क्षतिपूर्ति भराउन समेत माग गरिएको छ ।

विरोध पत्रमा इनभेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार, शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल पुँजी बजार लगानीकर्ता संघकि अध्यक्ष राधा पोखरेल, शेयर लगानीकर्ता दबाब समुहका अध्यक्ष हरि ढकाल र नेपाल पुंजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरीले हस्ताक्षर गरेका छन् । 

गत साता नै कर गणना विधिबारे धितोपत्र बोर्ड, नेप्से, सिडिएस र लगानीकर्ता संघबीच सर्वपक्षीय सहमति भएको थियो ।  सहमतिमा २०६४ साउन ३० गतेदेखि ०७६ असार ३१ गतेसम्म कारोबार भएका कम्पनीहरुको मूल्यको औसतलाई आधार बनाएर बेस प्राइस निर्धारण गर्ने र सोहिलाई आधार बनाएर भारित औसत गणना गर्ने उल्लेख छ।  

यस विषयमा छलफल गर्न अर्थमन्त्रालयले सबै सरोकारवाला पक्षलाई बुधबार बिहान ११ बजे बोलाएको  छ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved